कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

विश्व नम्बर १ प्रिन्स दाहाललाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्दै इतिहास रचेका नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहाललाई बधाई दिएका छन् । विश्व ब्याडमिन्टन फेडेरेसनले जारी गर्ने वार्षिक वरीयतामा सिंगल्सतर्फ उनी पहिलो नम्बरमा परेका हुन् ।

विश्व नम्बर १ प्रिन्स दाहाललाई प्रधानमन्त्री देउवाको बधाई

प्रधानमन्त्री देउवाले ट्विटरमार्फत दाहाललाई बधाई दिँदै भनेका छन्, 'विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्षस्थान हासिल गर्न सफल हुनु भएकोमा १९ वर्षीय प्रिन्स दाहाललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दछु ।'

ओलम्पिक मान्यता प्राप्त खेलमा नेपाली खेलाडी विश्व वरीयताको शीर्ष स्थानमा पुगेको यो पहिलो हो । मान्यता प्राप्त प्रतियोगिताहरूको प्रदर्शनका आधारमा फेडेरेसनले हरेक साता जारी गर्ने विश्व वरीयता यसपल्ट एक वर्षपछि सार्वजनिक गरेको हो । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता नभएकाले नियमित वरीयता सार्वजनिक गर्न ढिला भएको थियो ।

अघिल्लो वर्ष प्रिन्स तेस्रो स्थानमा थिए । अगाडिका दुई खेलाडी उमेर हदका कारण वरीयताबाट बाहिरिएपछि उनी शीर्ष स्थानमा पुगेका हुन् ।

फेडेरेसनले बुधबार सार्वजनिक गरेको विश्व वरीयतामा प्रिन्स १० हजार ४ सय अंकका साथ शीर्ष स्थानमा छन् । कोरोना महामारी सुरु भएयता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएका प्रिन्सको वरीयता अंक भने सुधार हुन सकेको छैन ।

सम्बन्धित समाचार

प्रकाशित : पुस २९, २०७८ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?