२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

जोरपाटी टिम च्याम्पियन

काठमाडौँ — उमा खुला राष्ट्रिय कराते प्रतियोगितामा ५ स्वर्ण, १ रजत र ३ कांस्य पदक जित्दै जोरपाटी डोजो टिम च्याम्पियन भएको छ । नेपाल गोजुकाई कराते संघले आयोजना प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र ५ कांस्य जितेर मानसिंह डोजो दोस्रो भयो । तेस्रो भएको शंखडोल डोजोले ३ स्वर्ण जितेको थियो ।

जोरपाटी टिम च्याम्पियन

पुरुषतर्फ ३० केजीमुनि तौलमा स्वर्ण जितेका आयुश राई र महिलातर्फ ४० केजीमुनि स्वर्ण जितेकी मानसिंहकी सविना तामाङ सर्वोत्कृष्ट खेलाडी चुनिए । दुवैले ८–८ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार पाए । रकम आयोजक संघका उपाध्यक्ष जनार्दन उप्रेतीले प्रायोजन गरेका थिए ।

दोस्रो ११ स्वर्णको छिनोफानो भयो । कातातर्फ पुरुषमा नेपाल हाइसी–हा एकेडेमीका कृष्ण ऐडी र महिलामा जोरपाटी डोजोकी इशा वाइबाले स्वर्ण जिते ।

महिला ४० केजीमुनि सर्वोत्कृष्ट भएकी सविना, ४५ केजीमा शंखडोलकी अनिता तामाङ, ५० केजीमा साउथ भ्यालीकी नवीना डिम्डुङ, ५५ केजीमा शंखडोलकी युनिका राई, ६० केजीमा मानसिंहकी प्रविना गुरुङ र खुलातर्फ जोरपाटीकी अस्मिता प्रजाले स्वर्ण जितेका थिए ।

पुरुष ५५ केजीमुनि तौलमा जोरपाटीका विशाल केसीले स्वर्ण जिते । ६० केजीतर्फ जोरपाटीका सुजन राई र खुलातर्फ गोठाटारका रविन त्रिपाठीले स्वर्ण जिते ।

खेलाडीलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापा, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेललगायतले पुरस्कृत गरे । काठमाडौं महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा २ सयभन्दा बढी खेलाडीको सहभागिता थियो ।

कार्यक्रममा संयोजक तथा संघका उपाध्यक्ष अच्युतराज उप्रेतीलाई उमा करातेको मुख्यालय लन्डनबाट सम्बन्धनप्राप्त र पाँचौं डानको प्रमाणपत्र हस्तान्तरण गरियो ।

प्रकाशित : पुस २७, २०७८ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?