पुलिस र ब्रिगेड ब्वाइजको बराबरी

काठमाडौँ — सहिद स्मारक लिग 'ए' डिभिजन ०७८ मा पुलिसले सोमबार दशरथ रंगशालामा भएको खेलमा ब्रिगेड ब्वाइजसँग १–१ को बराबरी खेलेको छ । यस खेलसँगै लिगमा आठौं चरणका खेल समाप्त भएका छन् ।

पुलिस र ब्रिगेड ब्वाइजको बराबरी

खेलको दुवै गोल सुरुवाति चौथो मिनेटमा दुवै गोल भएका थिए । ब्रिगेड ब्वाइजले दोस्रो मिनेटमा रोसन राना मगरको गोलले अग्रता लिएको थियो । त्यसका दुई मिनेटम बुद्ध तामाङले पुसिलका लागि गोल फर्काए ।

यो नतिजापछि पुलिस आठ खेलबाट सात अंक जोडेर ११ औं स्थानमा छ । ब्रिगेड ब्वाइज भने आठ खेलबाट छ अंकमा १२ औं स्थानमा छ । रेलिगेसन क्षेत्रबाट टाढिन प्रयारसत यी दुवै टिमका लागि बराबरीले फाइदा गर्ने छैन् ।

आठौं चरणको समाप्तीमा डिफेन्डिङ च्याम्पियन मछिन्द्र २० अंकमा शीर्ष स्थानमा छ । यस्तै मनाङ मर्स्याङ्दी १९ अंकमा दोस्रो स्थानमा छ । च्यासल र फ्रेन्ड्स भने रेलिगेसन क्षेत्रमा रहेका छन् ।

प्रकाशित : पुस २६, २०७८ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?