कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रियल आठ अंकले अगाडि

एजेन्सी

म्याड्रिड — रियल म्याड्रिडले स्पेनी ला लिगाको शीर्ष स्थानमा शनिबार आठ अंकको अग्रता खोलेको छ र यसका लागि उसले आफ्नो घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियालाई ४–१ ले हरायो । कार्लो एन्सेलोटीको टिमले पूरा खेल अवधि आफ्नो नियन्त्रणमा राखेर सजिलो जित निकाल्न सफल भएको हो ।

रियल आठ अंकले अगाडि

यो जितमा करिम बेन्जेमा र भिनिसियस जुनियरले दुई दुई गोल गरे । भ्यालेन्सियाका तर्फबाट गोन्कालो गुडेसले एक गोल फर्काए । फ्रान्सेली खेलाडी बेन्जेमाले रियलका लागि गरेको गोल संख्या ३ सय १ पुगेको छ । क्लबको सर्वकालीन सर्वाधिक गोलकर्ता सूचीमा उनी अब क्रिस्टियानो रोनाल्डो, राउल र अल्फ्रेडो डि स्टेफानोपछि चौथो स्थानमा छन् ।

रियलको २१ खेलबाट ४९ अंक भएको छ । शनिबारकै अर्को खेलमा बार्सिलोना ग्रेनेडाको हातबाट १–१ को बराबरीमा रोकियो । बार्सिलोनाले लुक डे जङको गोलले अग्रता लिएको थियो । खेल सकिन एक मिनेट अगाडि ग्रेनेडाका लागि एन्टोनियो पुरटासले बराबरी गोल फर्काए । बार्सिलोना ३२ अंकमा छैटौं स्थानमा छ ।

त्यस खेलमा डाली एल्भेसले सन् २०१६ यता बार्सिलोनाका लागि लिगमा खेले । शनिबारका अन्य खेलमा रियल सोसिडाडले सेल्टा भिगोलाई १–० ले हरायो र लिग तालिकाको चौथो स्थानमा उक्लिन सफल रह्यो । सोसिडाडको यो जितपछि ३३ अंक भएको छ । यस्तै लेभान्टेले मार्लोकालाई २–० ले पराजित गर्‍यो ।

प्रकाशित : पुस २५, २०७८ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?