विवादको भुमरीबीच नेसन्स कप- खेलकुद - कान्तिपुर समाचार

विवादको भुमरीबीच नेसन्स कप

रोयटर्स

जोहानेसबर्ग — अफ्रिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता अफ्रिकन कप अफ नेसन्स आइतबारदेखि क्यामरुनमा सुरु हुँदै छ । यो स्पर्धा हुनेछ विवादको भुमरीबीच । विवाद कस्तो भने गलत समयमा भएको प्रतियोगिताका लागि खेलाडीको बोलावट, आयोजक देशको तयारीमा कमजोरी अनि कोरोना भाइरस संक्रमण महामारीको सम्भावित अर्को लहर । एउटा तथ्य पक्कै निश्चित छैन । यो हो, फेब्रुअरी ६ मा फाइनल हुनेछ, सम्भावित विजेताबारे पटक्कै अनुमान गर्न सकिन्न ।

यो प्रतियोगिताको विशेषता भनेकै बलियो मानिएका टिमको कमजोर प्रदर्शन छ । त्यसैले केही पनि भविष्यवाणी गर्न गाह्रो छ । अल्जेरिया प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । सन् २०१९ मा इजिप्टमा भएको पछिल्लो प्रतियोगितायता यो टिम अपराजित थियो । यो निकै लामो छ । टिम आफैं म्यानचेस्टर सिटीका रियाद महारेजको नेतृत्वमा छ । पछिल्ला २४ महिनामा यो टिमले बिरलै कुनै बलियो चुनौती र अवस्थाको सामना गर्नुपरेको छ ।

तर, प्रतियोगितामा अल्जेरियाले बलियोभन्दा बलियो चुनौती सामना गर्नुपर्नेमा दुविधा रहने छैन । इजिप्ट, मोरक्को र ट्युनिसियासँग अन्य उत्तर अफ्रिकी देश पनि उपाधिका बलिया प्रत्याशी हुन्, तर यी सबै टिमले पछिल्ला संस्करणमा राम्रो गर्न सकेका छैनन् । त्यसमध्ये पनि मोरक्को यसअघि पनि प्रतियोगितामा बलियो प्रत्याशी रहेको थियो । तर, प्रत्येकपल्ट टोलीको प्रदर्शन निराशाजनक साबित भएको छ । पश्चिमी अफ्रिकी देश घाना, आइभोरी कोस्ट र नाइजेरिया सबै पूर्वविजेता हुन् ।

त्यसैले यी टिममा सबैको नजर हुनेछ, तर यी टिमको प्रदर्शन पनि पछिल्लो समय ठीक छैन । गत महिनामात्रै नाइजेरियाले आफ्ना प्रशिक्षक ग्रेनोट रोहरलाई बर्खास्त गरेको थियो । विश्वकप छनोटको समूह चरणमा विजेता रहे पनि त्यसपछि टिमको लगातार खराब प्रदर्शनपछि प्रशिक्षकले आफ्नो जिम्मेवारी गुमाएका हुन् । आयोजक क्यामरुन पनि उत्तिकै खराब लयबाट गुज्रिइरहेको छ । टोलीमाथि पनि आफ्नो घरमा राम्रो प्रदर्शनका लागि चर्को दबाब रहनेछ ।

विश्वकप छनोटमा नोभेम्बरमै मात्र आइभोरी कोस्टलाई हराएको हुनाले टिम आफैं पनि उत्साही छ । सेनेगल सन् २०१९ को उपविजेता हो, त्यसैले यो पनि उपाधिका लागि सबल दाबेदार रहनेछ । फ्रान्समा जन्मेहुर्केका सेनेगली मूलका खेलाडीलाई टिममा भित्र्याउन सफल रहेका हुनाले यो टिम अत्यधिक बलियो देखिएको हो । लिभरपुलका साडियो मानेले टिमका लागि महत्त्वपूर्ण भूमिका निभाउन सक्नेछन्, देशलाई पहिलो अफ्रिकन कप अफ नेसन्स उपाधि दिलाउन ।

प्रतियोगिता आयोजकदेखि सबै सहभागी र अफ्रिकी फुटबलप्रेमीको एउटै इच्छा हो, यसक्रममा कोभिड–१९ को महामारी चर्को नहोस् । देश फर्केका केही प्रमुख खेलाडी यसैबाट संक्रमित पाइएपछि धेरै टिमको तयारी कमजोर बनेको छ ।

प्रकाशित : पुस २५, २०७८ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्

सोल्सायरले रोनाल्डोलाई ‘ड्रप’ गर्लान् ?

लिभरपुलको हातबाट म्यानचेस्टर युनाइटेडले ५–० को पीडादायी हार बेहोरेपछि थरीथरीका हल्ला चल्न सुरू भएको छ
रोयटर्स

लन्डन — इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेड लिभरपुलको हातबाट ५–० को पीडादायी हार बेहोरेपछि थरीथरीका हल्ला चल्न सुरु भइसकेको छ । त्यसमध्ये एक हो, ओले गनर सोल्सायर म्यानचेस्टरको व्यवस्थापकीय जिम्मेवारीबाट बर्खास्तगीमा पर्नेछन् अनि उनको स्थानका को आउने छन् त ? त्यसबारे पनि विभिन्न अड्कलबाजी सुरु भइसकेको छ । क्लब आफैंबाट भने केही तथ्य बाहिर आएको छैन ।

सोल्सायरले क्लब सम्हालेको तीन वर्ष भइसकेको छ । अब घरेलु लिगमा म्यानचेस्टरले टोटेनहमको भ्रमण गर्नेछ । अनि युरोपेली च्याम्पियन्स लिगमा एटलान्टाको सामना गर्नेछ । त्यसपछि ओल्ड ट्राफोर्डमा आउनेछ म्यानचेस्टर सिटी । त्यसअगाडि यी नर्वेली फुटबल व्यवस्थापकले केही न केही टिममा परिवर्तन ल्याउन आवश्यक हुनेछ । सोल्सायर नेतृत्वमा म्यानचेस्टरले सिटी र पेरिस सेन्ट जर्मेन जस्ता टिममाथि स्वादिला जित हात पारेको छ ।

उनको खास रणनीति ‘काउन्टर’ आक्रमणमा यी जित सम्भव भएका हुन् । फेरि तिनै प्रकारका जित प्राप्तिका लागि प्रयास गर्ने हो भने टिमलाई चाहिनेछ, मार्कस रसफोर्ड, मेसन ग्रिनउड र जाडोन सान्चो । तर, गाह्रो त्यतिबेला हुनेछ, जतिबेला टिमले यही रणनीति अपनाउने प्रयास गर्नेछ । तर टिममा ३६ वर्षीय क्रिस्टियानो रोनाल्डो हुनेछन् अनि रोनाल्डोलाई लिएर समस्या के हो भने उनी पहिला जस्तो तीव्र गतिमा खेल्न सक्ने खेलाडी रहेनन् ।

बरु, उनको स्थानमा एडिसन काभानी उपयुक्त हुन सक्छन् । यो स्थितिमा पोर्चुगाली स्टार रोनाल्डोले ‘सुपर सव’ को भूमिका निभाउन सक्छन् । खेलको अन्त्यतिर रोनाल्डोलाई मैदानमा उतार्ने अनि उनकै तर्फबाट विजयी गोल निकाल्ने । यस्तो स्थितिमा के सोल्सायर आफ्ना स्टार खेलाडीलाई बेञ्चमा राख्न तयार हुन्छन् त ? ठ्याक्कै भन्दा उनी के रोनाल्डोलाई ‘ड्रप’ गर्न सक्छन् त ? दुई महिनाअगाडि मात्र क्लबका आएका रोनाल्डोलाई ‘ड्रप’ गर्नु एउटा उपाय हुन सक्नेछ ।

घरमै हुर्केका खेलाडी चम्केपछि...

जनवरीमा थोमस टचेल स्टानफोर्ड ब्रिज आउँदा डर थियो, कतै घरमै हुर्केका खेलाडीहरूले कम खेल्न पाउने त होइनन् ? ती युवा खेलाडीलाई पहिलो रोजाइको टिममा राख्ने काम भने बर्खास्तगीमा परेका फ्रान्क लाम्पार्डले नै गरेका थिए । टचेलको पहिलो खेलमा मेसन माउन्ट बेञ्चमै रहे । उनको महत्त्व बुझ्न टचेललाई धेरै समय लागेन । चोटबाट मुक्त भएर एक महिनापछि मैदानमा फर्कंदा यिनै मेसन नर्विचविरुद्ध नायक रहे, उनले ह्याट्रिक गरे ।

त्यतिमात्र होइन, चेल्सी एकेडेमीका पुराना खेलाडी हडसन ओडोइ र रिस जेम्सले गोल त गरे नै । ट्रेभोह चालोबाह रक्षापंक्तिमा मजबुत पनि देखिए । पछि रुबेन लोफ्टसले वैकल्पिकका रूपमा मैदानमा छिरेर गोल पनि गरे । टुचेल के मान्छन् भने घरमै हुर्केका प्रतिभाशाली खेलाडी र अन्य क्लबबाट किनिएका राम्रा खेलाडीको ठीक मिश्रण गर्दा त्यसले राम्रो नतिजा नै दिनेछ । यस्तो मिश्रणले टिममा एक प्रकारको उत्साह र सुखद स्थिति पनि ल्याउन गर्छ ।

सेन्ट्रल मिडफिल्डमा फोडेन

सेन्ट्रल मिडफिल्डमा एन्डोराविरुद्ध इंग्ल्यान्डका लागि राम्रो खेलेयता फिल फोडेनले सायद सधैंका लागि त्यही स्थान पाएका छन्, जुन उनका लागि उपयुक्त छ । ब्राइटन एन्ड होभ अल्बानियनमाथि शनिबार प्राप्त ४–१ जितमा उनी म्यान अफ म्याच रहे । यस्तोमा व्यवसथापक पेप ग्वार्डिओलाले पनि अबदेखि उनलाई यही सेन्ट्रल मिडफिल्डको भूमिकामा खेलाउन रूचाउने छन् । सिटीमा यस सिजन उनले अगाडि नै खेलेका छन् र त्यसको नतिजा पनि सुखद छ ।

उनले खेलपछि भनेका छन्, ‘सेन्ट्रल मिडफिल्डमा खेल्दा म अहिले खुबै रमाइरहेको छु । यो भूमिकामा खेल्दा म तल पछाडिसम्म झर्न पनि सक्छु र बललाई आफ्नो नियन्त्रणमा लिएर साथी खेलाडीलाई पास दिन सक्छु । यो मेरो लागि नयाँ भूमिका हो र मैले भन्नैपर्छ, यो भूमिकामा म खुसी छु ।’

एभरटन १३ मिनेटमै ढलेपछि

एभरटनका केही प्रमुख खेलाडी घाइते छन् । तर गुडिसन पार्कमा भएको पछिल्लो खेलमा एभरटन कसरी १३ मिनेटको अन्तरमा नराम्रोसँग पराजित भयो, त्यो व्यवस्थापक राफेल बेनिटेजका लागि पक्कै चिन्ताको विषय हुनेछ ।

खेलको ७८ औं मिनेटसम्म एभरटन २–१ ले अगाडि थियो । त्यही टिम खेल सकिँदा ५–२ ले पराजित रह्यो । त्यस अवधिमा सेट पिसमा दुई गोल भए अनि वाटफोर्डले तीव्र गतिमा आक्रमण पनि गरेको थियो । बेनिटेजले भने, ‘यस्तो हार स्वीकार्य हुन्न ।’

प्रकाशित : कार्तिक ९, २०७८ ०७:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×