कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

मेयर कप हाफ म्याराथन : राई र बुढाले उचाले उपाधि 

अनिश तिवारी

सिन्धुपाल्चोक — सिन्धुपाल्चोमा आयोजित ‘मेयर कप हाफ म्याराथन’को उपाधि नेपाल आर्मीका गजेन्द्र राईले जितेका छन् । 

मेयर कप हाफ म्याराथन : राई र बुढाले उचाले उपाधि 

चौतारा साँगाचोकगढी नगरपालिकाको प्रायोजन र चौसागढी नगर खेलकुद विकास समितिको आयोजनामा शनिबार साँगाचोकगढीबाट सुरु भएको म्याराथुन दौडमा निर्धारित २१ किलोमिटर दुरी एक घण्टा ३६ मिनेट १२ सेकेण्डमा पूरा गर्दै उनले मेयर कप हात पार्न सफल भए । एक घण्टा ३६ मिनेट २४ सेकेण्डमा दौड पूरा गरेर श्रीकास राई द्वितीय, एक घण्टा ३८ मिनेट ११ सेकेण्डमा दौड सकेर नवराज साउद तृतीय र चौथो रामजी बस्नेतले एक घण्टा ४१ मिनेट १९ सेकेण्डमा निर्धारित दुरी पूरा गरे ।

महिलातर्फ म्याराथानमा आर्मीकै विश्वरुपा बुढाले एक घण्टा ५६ मिनेट ५ सेकेण्डमा दौड सकाएर प्रथम मेयर कप उपाधि उचालिन् । हुमी बुढामगरले दुई घण्टा १३ मिनेट १७ सेकेण्डमा सकेर दोस्रो र निर्मला राई २ घण्टा २० मिनेट ८ सेकेण्डमा आफ्नो दौड सकाएर तेस्रो भइन् । उनीहरुले क्रमश : प्रथमले ४४ हजार ४ सय ४४, दोस्रो २२ हजार २ सय २२, तेस्रो ११ हजार १ सय ११ र चौथोले ५ हजार ५ सय ५५ सहित मेडल, प्रमाणपत्र पाए ।

त्यसैगरी ४०–५९ उमेर समूहको भेट्रान्स महिलातर्फ प्रथम राधा श्रेष्ठ, द्वितीय उमाकुमारी दंगाल र तृतीय सुस्मा पाण्डे भइन् । पुरुषतर्फ प्रथम भिमबहादुर गुरुङ, दोस्रो धर्म महर्जन र तेस्रो दामोदर बुढामगर भए । सुपर भेट्रान्सतर्फ प्रथम रामकृष्ण महर्जन, दोस्रो पुष्पलाल श्रेष्ठ र तेस्रो गोविन्द सिलवाल भए ।

जिल्लातर्फ पीपलडाँडाका शिवकुमार पहिलो भए । मेयर कप म्याराथनमा जिल्लाभरका एक सय ७० धावक सहभागी थिए ।

वाग्मती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलालले उद्घाटन गरेको म्याराथन प्रतियोगितामा दक्षिण एशियाली कीर्तिमानी धावक बैकुण्ड मानन्धर पनि उपस्थित भएर हौसला बढाएका थिए ।

म्याराथुन प्रतियोगिता पर्यटन प्रवर्द्धनको लक्ष्यसहित गरिएको चौसागढी नगर खेलकुद विकास समितिका सहसंयोजक अमृतमान श्रेष्ठले बताए । किर्तिमानी मानन्धरलाई सम्मान र विजेता टिमलाई जनप्रतिनिधि र सुरक्षाकर्मीले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित : पुस २४, २०७८ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?