ठाकुर चम्कँदा भारतको पुनरागमन

एएफपी

जोहानेसबर्ग — शार्दुल ठाकुरले आफ्नो खेलजीवनकै उत्कृष्ट प्रदर्शन गरेपछि भारतले मंगलबार वन्डर्स स्टेडियममा दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टको दोस्रो दिन पुनरागमन गरेको छ । ठाकुरले ६१ रनमा ७ विकेट लिएपछि दक्षिण अफ्रिका पहिलो इनिङ्समा २ सय २९ रन बनाएर अलआउट भयो । ठाकुरको प्रदर्शन भारतीय बलरका लागि दक्षिण अफ्रिकाविरुद्ध टेस्ट क्रिकेटमा अहिलेसम्मकै उत्कृष्ट बलिङ हो ।

ठाकुर चम्कँदा भारतको पुनरागमन

पहिलो इनिङ्समा २७ रनले अगाडि रहेको दक्षिण अफ्रिका दोस्रो दिनको खेल सकिँदामा ५८ रनले पछाडि परेको छ । भारतले आफ्नो दोस्रो इनिङ्स सुरु गर्दै २ विकेटमा ८५ रन बनाएको छ । भारतसामु दोस्रो टेस्ट जितेर तीन खेलको सिरिजमा अन्तिम प्रतिस्पर्धाअघि नै निर्णायक अग्रता लिने अवसर हुनेछ ।

दक्षिण अफ्रिकाले पहिलो दिन भारतलाई २ सय २ रनमा अलआउट पारेर आफ्नो स्थिति बलियो बनाएको थियो । टोलीले एक विकेट गुमाएर ८८ रनको बलियो सुरुआत लिएको थियो । तर मध्यम पेस बलिङ मदतमा ठाकुरले दक्षिण अफ्रिकाको दुई प्रमुख साझेदारीलाई तोडे । उनले २८ रन बनाएका डिन एल्गर र ६२ रन बनाएका किगन पिटरसनलाई आउट पारे ।

उनीहरूले दोस्रो विकेटमा ७४ रनको साझेदारी गरेका थिए । ठाकुरले त्यसपछि एक रनमा रसी भान डेर डुसेनलाई एक रनमा आउट पारे । ५१ रन बनाएका टेम्बा बाभुमा र २१ रन बनाएका केली भेरेएनले छैटौं विकेटका लागि ६० रनको साझेदारी गरे । ठाकुरले दुवै ब्याट्सम्यानलाई पनि आउट पारे ।

त्यसपछि उनले अन्तिम दुई बलमा लगातार दुई विकेट लिएर दक्षिण अफ्रिकी इनिङ्समा पूर्णविराम लगाए । यसअघि ठाकुरको व्यक्तिगत उत्कृष्ट प्रदर्शन ६१ रनमा ४ विकेट थियो । दिनको खेल समाप्त हुँदा भारतका लागि चेतेश्वर पुजारा ३५ र अजिन्क्या रहाने ११ रन बनाएर खेलिरहेका छन् । केएल राहुल ८ र मायंक अग्रवाल २३ रन बनाएर आउट भएका थिए ।

प्रकाशित : पुस २१, २०७८ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?