भ्याली पब्लिकमा बास्केटबल

काठमाडौँ — भ्याली पब्लिक माविको आयोजनामा प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगिता बुधबार सुरु हुनेछ ।

प्रतियोगितामा ८ टिमको सहभागिता रहने मंगलबार भ्याली पब्लिकका प्रिन्सिपल कृष्ण अधिकारीले जानकारी गराए । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ ।

समूह ‘ए’ मा जेभियर कलेज, टाइम्स कलेज, हेराल्ड कलेज र साइपाल एकेडेमी तथा समूह ‘बी’ मा भ्याली पब्लिक कलेज, अक्सब्रिज कलेज, ट्रिनिटी कलेज र एन्जल्स हर्ट कलेज छन् । समूहका शीर्ष २ टोली सोझै सेमिफाइनलमा पुग्नेछन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्वमेजर लिलबहादुर गुरुङले कोभिड–१९ का कारण लामो समयसम्म सुस्ताएको विद्यालय खेलकुद गतिविधिलाई प्रतियोगिताले केही हदसम्म खेलाडीलाई चलायमान बनाउन मदत पुग्ने बताए ।

आयोजक भ्याली पब्लिकका कप्तान सक्रिय अधिकारीले प्रतियोगिताले प्रतिभावन खेलाडीको पहिचान गर्न सहयोग पुग्ने बताउँदै आफ्नो टिमको लक्ष्य उपाधि रहेको बताए । प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले विगतमा भ्याली पब्लिकले विद्यालयस्तरीय बास्केटबल आयोजना गर्दै आएकामा प्लस टुमा पनि अध्ययन सुरु भएकाले पहिलोपटक कलेजस्तरीय प्रतियोगिता गर्न लागिएको बताए ।

पुस २६ सम्म चल्ने प्रतियोगिताका खेल कपनको भंगालस्थित आयोजक भ्याली पब्लिकको आफ्नै कोर्टमा हुनेछ ।

प्रकाशित : पुस २०, २०७८ २२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?