३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पाकिस्तानका पूर्वकप्तान मोहम्मद हफीजले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

काठमाडौँ — पाकिस्तानी अलराउन्डर तथा पूर्वकप्तान मोहम्मद हफीजले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । सन् शारजाह रंगशालामा सन् २००३ अप्रिल ३ मा जिम्बाब्वेविरुद्ध डेब्यु गरेका हफीज एकदिवसीय बलिङतर्फ नम्बर एकमा समेत पुगेका थिए ।

पाकिस्तानका पूर्वकप्तान मोहम्मद हफीजले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

उनले पाकिस्तानलाई सन् २०१७ मा आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि दिलाएका थिए । पाकिस्तानबाट उनले ३९२ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले १२, ७८० रन बनाएका छन् भने २५३ विकेट लिएका छन् । उनले ३२ वटा खेलमा पाकिस्तानको कप्तानीसमेत गरेका छन् ।

उनले सन् २००७, २०११ र २०१९ मा ओडीआई विश्वकप र २००७, २०१०, २०१२, २०१४, २०१६ र २०२१ मा ट्वान्टी-२० विश्वकप खेलेका छन् । त्यस्तै २००६, २०१३ र २०१७ मा आईसीसी च्याम्पियन्स ट्रफीमा सहभागी भएका थिए ।

संन्यासको घोषणा गर्दै हफीजले भनेका छन्, 'आज गर्व र खुसीसाथ मैले अन्तर्राष्ट्रिय संन्यासको घोषणा गर्दैछु । सुरुमा मैले सोचेभन्दा पनि सफलता हात पारेको छु । मेरो खेलजीवनमा विभिन्न तरिकाले सहयोग गर्ने सबै खेलाडी, क्याप्टेन, सपोर्ट स्टाफ र पाकिस्तान क्रिकेट बोरडलाई धन्यवाद दिन चाहन्छु । '

पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष रमिज राजाले हफीजले क्रिकेटको अलग-अलग फर्म्याटमा आफूलाई कुशलतापूर्वक ढाल्दै गएको र ट्वान्टी-२० स्पेसलिस्ट बनेको बताएका छन् ।

प्रकाशित : पुस १९, २०७८ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?