'ए' डिभिजन लिग

आज सातदोबाटो र हिमालयन भिड्दै

काठमाडौँ — सहिद स्मारक 'ए' डिभिजन लिग ०७८ मा सोमबार सातदोबाटो र हिमालयन शेर्पाबीच खेल हुनेछ । यो प्रतियोगिताको सातौं चरणका अन्तिम खेल हुनेछ ।

आज सातदोबाटो र हिमालयन भिड्दै

खेल दशरथ रंगशालामा हुनेछ । माथिल्लो डिभिजनको लिगमा नवप्रवेशी रहेको सातदोबाटोको ६ खेलबाट ८ अंक छ र सातौं स्थानमा रहेको छ । हिमालयनको पनि ६ खेलबाट ८ अंक नै छ र आठौं स्थानमा रहेको छ ।

दुवै टिम प्रतियोगितामा तेस्रो जितको खोजीमा हुनेछ । प्रतियोगितामा उत्कृष्ट सुरुआत लिएका सातदोबाटोले पछिल्ला तीन खेलमा एकै अंक मात्र बटुलेको छ । उसमाथि फेरि लयमा फर्कने दबाब हुनेछ । हिमालयन भने पछिल्ला दुई खेल लगातार जितेर उत्साहित छ ।


प्रकाशित : पुस १९, २०७८ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?