कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णालीमा भलिबल कभर्ड हल निर्माण गर्ने तयारी

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेशमा भलिबल कभर्ड हल निर्माण गरिने भएको छ । मुख्यमन्त्री एवं कर्णाली प्रदेश खेलकुद विकास परिषद्का संरक्षक जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश खेलकुद परिषद् बैठकले कभर्ड हल निर्माण गर्ने निर्णय गरेको हो । वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रंगशालामा कभर्ड निर्माण हुने छ ।

कर्णालीमा भलिबल कभर्ड हल निर्माण गर्ने तयारी

यस्तै, बैठकले भर्खरै बंगलादेशमा सम्पन्न भलिबल प्रतियोगीतामा प्रथम स्थान हासिल गरेको नेपाली महिला भलिबल प्रतियोगीताकी खेलाडी जाजरकोटकी कामना विष्टलाई सम्मान स्वरुप ५० हजार र अल्ट्राम्याराथनमा दुई हजार प्रतियोगीलाई पछि पार्दै महिलातर्फ प्रथम स्थान हासिल गर्न सफल जुम्लाकी सुनमाया बुढालाई दुई लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी, प्रदेश रंगशाला निर्माण सम्पन्न नहुञ्जले कालुङ्गचोक मैदानलाई वैकल्पिक खेलकुद मैदानको रुपमा प्रयोग गर्ने पनि बताइएको छ ।

परिषद्को बैठकमा कर्णाली खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले २८ दिनको अवधिमा रंगशालाको माटो परीक्षणको काम सम्पन्न भएको, डीप बोरिङको काम भइरहेको, विद्युतको ट्रान्सफर्मर राख्ने काम भइरहेको र साइट घेरबारको काम पनि भइरहेको जानकारी गराए ।

प्रकाशित : पुस १८, २०७८ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?