कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

संकटा र च्यासल गोलरहित बराबरीमा

काठमाडौँ — सहिद स्मारक लिग ए डिभिजनको शनिबार दशरथ रंगशालामा भएको खेलमा संकटा र च्यासलले निराशाजनक गोलरहित बराबरी खेलेका छन् । यो नतिजाले दुवै टिमलाई फाइदा गरेन । तर संकटा भने सातौं चरणमा पुग्दा पनि अपराजित रह्यो ।

सात खेलपछि संकटा १३ अंकसहित तेस्रो स्थानमा छ । च्यासल भने ५ अंकमा पुछारबाट दोस्रो स्थानमा रहँदै उसका लागि रेलिगेसन दबाब कायम छ। च्यासलका लागि यो खेलबाट पूर्वराष्ट्रिय खेलाडी सन्तोष साहुखल फर्केका छन् ।

तर उनले च्यासललाई जित दिलाउन सकेनन् । दशरथ रंगशालामा भएको शनिबारको पहिलो खेलमा थ्री स्टारले जावलाखेललाई २–१ ले हराएको थियो । थ्री स्टारका लागि आयुष घलान र रितिककुमार खड्काले एक-एक गोल गरे ।

जावलाखेलका लागि निकोलस फर्नान्डेसले एक गोल फर्काए । यो जितपछि थ्री स्टार १० अंकमा पाँचौं स्थानमा उक्लियो भने जावलाखेल सात अंकसहित दोस्रो स्थानमा रह्यो । शनिबार नै पोखरामा भएको खेलमा मनाङ मर्स्याङदीले ब्रिगेड ब्वाइजलाई १–० ले हराएर शीर्ष स्थान कब्जा गरेको थियो ।

प्रकाशित : पुस १७, २०७८ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?