कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'ए' डिभिजन लिग : आज तीन खेल हुँदै

काठमाडौँ — सहिद स्मारक 'ए' डिभिजन लिग ०७८ मा शनिबार सातौं चरणका तीन खेल हुनेछन् । दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टारले जावलाखेल युथ क्लबको सामना गर्नेछ ।

'ए' डिभिजन लिग : आज तीन खेल हुँदै

थ्री स्टार ६ खेलबाट ७ अंक जोडेर आठौं स्थानमा छ । यस्तै, जावलाखेल ६ खेलबाट समान ७ अंकमा नवौं स्थानमा छ । मनाङ मर्स्याङ्दी र ब्रिगेड ब्वाइजबीच पोखरामा अर्को खेल हुनेछ ।

मनाङ ६ खेलबाट १३ अंकसहित दोस्रो स्थानमा छ । उसमाथि एएफसी कप छनोट खेल्नका लागि यो खेल जित्नै पर्ने दबाब छ । ब्रिगेड ब्वाइज ६ खेलबाट ५ अंकमा १२ औं स्थानमा छ ।

दिनको तेस्रो खेल दशरथ रंगशालामा हुनेछ । त्यस खेलमा संकटा र च्यासल भिड्ने छन् । संकटाको ६ खेलबाट १२ अंक छ र तेस्रो स्थानमा छ । च्यासल भने समान ६ खेलबाट ४ अंकमै सीमित रहेर १३ औं स्थानमा छ ।

प्रकाशित : पुस १७, २०७८ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?