१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३
सन् २०२१

ओलम्पिक्स, युरो र कोपाको वर्ष

हिमेश

काठमाडौँ — सन् २०२१ तीन ठूला खेल महोत्सवको लागि सम्झिने छ र ती हुन्, गृष्मकालीन टोकियो ओलम्पिक्स, युरो र कोपा । त्यसमध्ये युरो र कोपा विश्व फुटबलका दुई ठूला प्रतियोगिता भए, प्रभावका आधारमा विश्वकप पछि पछाडि आउने ।

ओलम्पिक्स, युरो र कोपाको वर्ष

यस्तोमा भन्न सकिन्छ, विश्व खेलकुदका लागि वर्ष २०२१ निकै महत्त्वपूर्ण रह्यो । तर संयोग कस्तो भने यी सबै ठूला खेल महोत्सव यही वर्ष हुने तय कार्यक्रम भने थिएन् । यी त वर्ष २०२० मा हुनु पर्ने थियो ।

तर त्यो वर्षलाई कोरोना भाइरस संक्रमणको महामारीले छोपेपछि हुन सकेका थिएनन् । ओलम्पिक्सको इतिहासमै कुनै पनि संस्करण यसरी एक वर्ष पछाडि सारिएको थिएन् । बरू दुई विश्व युद्धका बेला केही संस्करणका ओलम्पिक्स नै भएनन् । ओलम्पिक्स मात्र होइन्, युरो र कोपाको अवस्था पनि यस्तै थियो । यी तीनै प्रतियोगिता हुँदा पनि कोरोना भाइरस संक्रमणको महामारी कम भएको थिएन् । त्यसैले यिनीहरूको आयोजना त्यस्तो भएन्, जस्तो हुनु पर्ने थियो ।

अझ टोकियो ओलम्पिक्सको आयोजना हुँदा त्यसलाई लिएर पूरा जापानमै विरोधको चर्को आवाज उठिरहेको थियो । अधिकांस जापानीको डर थियो, कतै यही ओलम्पिक्सले गरेर कोरोना भाइरस संक्रमणको महामारी पूरा देशमा फैलिने त होइन् ? तर कम्तीमा त्यस्तो भएन् । जापानी सरकारले ओलम्पिक्सका क्रममा कडिकडाउ नियम लागू गरेको थियो र सहभागी सबैको काम टोकिया जाने, खेल्ने र लगभग तुरुन्तै आफ्नो देश फर्कने मात्र भएको थियो ।

तर ओलम्पिक्स आयोजना र खेलाडीहरूको प्रदर्शन आफै भने खराव रहेन् । जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजित ओलम्पिक्समा कुल ११ हजार ६ सय ५६ खेलाडीको सहभागिता थियो र तिनले ३ सय ४९ स्पर्धामा आफ्नो चुनौती पेस गरे । अन्तिम पदक तालिकामा अमेरिका पहिलो रह्यो, ३९ स्वर्ण सहित । चीन ३८ स्वर्ण सहित दोस्रो स्थानमा रह्यो । आयोजक देश जापानको उपलब्धी के रह्यो भने यो २७ स्वर्णसहित तेस्रो स्थानमा आउन सफल रह्यो ।

विना दर्शक कडिकडाउ नियम अन्तर्गत भएको हुनाले टोकियो ओलम्पिक्सको भने त्यस्तो धेरै चर्चा हुन सकेन्, जस्तो यसअघिका ओलम्पिक्समा हुने गरेको थियो । तर युरो २०२० भने फरक रह्यो, प्रतियोगितामा क्रममा जति चाहिने थियो, सबै प्रकारको होहल्ला भए । सबैभन्दा पहिले यो प्रतियोगिता भएको थियो, सन् २०२१ । तर यसको आधिकारिक नाम भने रहने छ, युरो २०२० नै । यसका खेल एकै देशका सहरमा भएको थिएन्, बरू १३ देशमा भए ।

फाइनल इंग्ल्यान्डमा भएको थियो, त्यसमा इटालीले इंग्ल्यान्डलाई नै पराजित गरेको थियो, त्यो पनि टाइब्रेकरमा । निर्धारित र थपिएको समयको खेल १–१ को बराबरीमा थियो । टाइब्रेकर भने इटालीको पक्षमा ३–२ रह्यो । रुसमा भएको पछिल्लो विशवकपमा इटाली छनोट समेत भएको थिएन् । त्यसैले आलोचकले भन्न सुरु गरेको थियो, इटालीको फुटबल मर्दैछ भनेर । तर इटालीले युरोको यस संस्करण जितेर देखाएको छ, त्यहाँ फुटबलको ज्युँदो मात्र छैन्, बलियो पनि छ भनेर ।

पहिलो सेमिफाइनलमा इटालीले स्पेनलाई हराएको थियो भने दोस्रोमा इंग्ल्यान्डले डेनमार्कलाई । यो युरोलाई अर्को एक कारणले पनि सम्झिने छ र त्यो हो, डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सनसँग जोडिएको घटनाले । उनी फिनल्यान्डविरुद्धको समूह चरणको खेलमा मैदानमै ढलेका थिए र यसक्रममा उनी ‘कार्डिएक एरेस्ट’ को शिकार बने । धन्न केही अप्रिय घटना भएन् र उनी लगभग मृत्युको मुखमा पुगेर पनि बाँचे । एरिक्सनकै भाषामा उनले दोस्रो जीवन पाए ।

यो त भयो, युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता । विश्व फुटबलमा युरोप जति बलियो छ, दक्षिण अमेरिका पनि उत्तिकै बलियो छ । वर्ष २०२१ मै कोपा अमेरिका पनि भयो, दक्षिण अमेरिकाको सबैभन्दा ठूलो प्रतियोगिता । अनि यसलाई जित्न सफल रह्यो, लियोनल मेसीको अर्जेन्टिनाले । विश्व फुटबलले पाएका अहिलेसम्मकै सबैभन्दा ठूला नाममध्ये एक हुन्, मेसी । उनले क्लब फुटबलमा सबथोक जिते, तर आफ्नो देशका लागि यसअघि कुनै ठूलो प्रतियोगिता जित्न सकेका थिएनन् ।

आखिरमा आफ्नो खेल जीवनको लगभग अन्त्यतिर पुग्दा उनले कोपा अमेरिकाको उपाधि आफ्नो देशका लागि जित्न सफल रहे । प्रतियोगिता ब्राजिलमा भएको थियो र फाइनलमा अर्जेन्टिनाले अरू कसैलाई होइन, ब्राजिललाई नै हराएको थियो । अर्जेन्टिनाका लागि एन्जेल डि मारियाले गरेको एक मात्र गोल नै निर्णायक रह्यो र टिम १–० ले विजयी रह्यो । यो कोपालाई खासमा मेसीले आफ्नो देशका लागि जितेको पहिलो ठूलो उपाधिका रूपमा सम्झिनेछ ।

वर्ष २०२१ मा एउटा अर्को सारिएको विश्वकप पनि भएको थियो र यो थियो, क्रिकेटको ट्वान्टी-ट्वान्टी विश्वकप । यसमा भने अस्ट्रेलिया विजयी रह्यो, फाइनलमा उसले न्युजिल्यान्डलाई हराएको थियो । सेमिफाइनलसम्म पुग्ने क्रममा तहल्का मच्चाउने काम भने पाकिस्तानले गरेको थियो, तर अन्तिम चारबाट अगाडि बढ्न सकेन् । उसलाई बाटो छेक्ने काम गरेको थियो, अस्ट्रेलियाले । भारत भने समूह चरण काट्न पनि असफल रह्यो ।

प्रकाशित : पुस १६, २०७८ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?