२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

ईपीएल : म्यानचेस्टर युनाइटेड शीर्ष ६ मा

काठमाडौँ — म्यानचेस्टर युनाइटेडले जनवरीयता पहिलो हाफमा गरेको तीन गोलमा इंग्लिस प्रिमियर लिगमा बर्नलीलाई बिहीबार राति ३–१ ले हराएको छ । ओल्ड ट्रायफोर्डमा प्राप्त यस जितपछि म्यानचेस्टर शीर्ष ६ भित्र प्रवेश गर्न पनि सफल रह्यो ।

ईपीएल : म्यानचेस्टर युनाइटेड शीर्ष ६ मा

यस जितमा स्कट म्याकटोमनी र क्रिस्टियानो रोनाल्डोले गोल गरे । अर्को गोल भने बर्नलीको आत्मघाती रह्यो । बर्नलीका लागि एरोन लेननले एक सान्त्वना गोल फर्काए ।

म्यानचेस्टरको यो जितपछि १८ खेलमा ३१ अंक भएको छ । रेलिगेसनबाट बच्न संघर्षरत बर्नली भने ११ अंकमै सीमित रहेर पुछारबाट तेस्रो स्थानमा छ ।

प्रकाशित : पुस १६, २०७८ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?