प्रदेशस्तरीय महिला फुटबल उपाधि झापालाई

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको रानीटारमा आयोजित प्रदेशस्तरीय महिला गोल्डकप प्रतियोगिताको उपाधि बिर्तामोड फुटबल क्लब झापाले जितेको छ ।

प्रदेशस्तरीय महिला फुटबल उपाधि झापालाई

रानीटारको बराजु रंगशालामा बिहीबार अपराह्न भएको अन्तिम प्रतिस्पर्धामा द सेभेन युथ क्लब धनकुटालाई १–० गोलअन्तरले हराउँदै झापाले उपाधिमाथि कब्जा जमाएको हो । खेलको ३६ औं मिनेटमा झापाका तर्फबाट कुशुम खतिवडाले गरेको गोल नै निर्णायक बन्न पुग्यो । कुशुमले फ्रि-किकबाट आएको बल कब्जामा लिएर पोस्टतर्फ प्रहार गर्दा गोल भएको थियो ।

विजेता झापाले नगद ५० हजार र उपविजेता धनकुटाले ३० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाण पत्र पाएका छन् ।

'तमु ल्होछार एक नम्बर प्रदेशस्तरीय महिला फुटबल' नाम दिइएको प्रतियोगिता पुस १२ गते सुरु भएको थियो । खेलमा ८ टिम सहभागी थिए ।

प्रकाशित : पुस १५, २०७८ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?