कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपालले मरिससविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले अर्को महिना मरिससविरुद्ध दुई अन्तर्राष्ट्रिय फुटबल खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार जनवरी २९ र फेब्रुअरी १ मा खेल हुनेछ ।

नेपालले मरिससविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने

दुवै खेल दशरथ रंगशालामा हुनेछन् । मरिसस फिफा वरीयताको १ सय ७२ औं स्थानमा रहेको छ । फिफाको अन्तर्राष्ट्रिय म्याच क्यालेन्डरको समयमा यी दुई खेल हुन लागेको हो ।

नेपालले मरिससविरुद्ध खेल्न लागेको यो पहिलो पल्ट हो । नेपालका कुवेती प्रशिक्षक अल्दुल्लाह अल्मुताइरी काठमाडौं आए लगतै एन्फाले राष्ट्रिय टिमको खेल तालिका सार्वजनिक गरेको हो ।

प्रकाशित : पुस १३, २०७८ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?