१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सातदोबाटोलाई हराएपछि जावलाखेलको तनाव कम

काठमाडौँ — सहिद स्मारक लिग ए डिभिजन ०७८ मा जावलाखेलले सोमबार लगातार दोस्रो जित निकालेको छ । यसक्रमा उसमाथि रहेको रेलिगेसनको तनाव लगभग हटेको छ । सुरुका तीन खेल गुमाएर कमजोर सुरुआत लिएको जावलाखेलले पछिल्ला तीन खेलमा ७ अंक बटुलेको छ ।

सातदोबाटोलाई हराएपछि जावलाखेलको तनाव कम

दशरथ रंगशालामा भएको दिनको एक मात्र खेलमा जावलाखेलले ललितपुर डर्बीमा सातदोबाटोलाई २–० ले हरायो । उसका लागि विपिन कँडेल र निकोलस फर्नान्डेजले एक/एक गोल गरे । गोलरहित पहिलो हाफपछि सब्टिच्युट विपिनले ५० औं मिनेटमा पहिलो गोल गरे । निकोलसले ७० औं मिनेटमा दोस्रो गोल थपे ।

यो जितपछि जावलाखेललको ६ खेलबाट ७ अंक भएको छ र नवौं स्थानमा उक्लिन सफल भएको छ । छैटौं चरणको अन्तिम खेलमा बेहोरेको हारपछि सातदोबाटो ८ अंकमा सीमित रह्यो र पाँचौं स्थानमा रह्यो । माथिल्लो डिभिजनमा डेब्यु सिजन खेलिरहेको सातदोबाटोको दोस्रो हार हो र उसले पछिल्ला तीन खेलमा एक अंक मात्र बटुलेको छ ।

प्रकाशित : पुस १२, २०७८ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?