'ए' डिभिजन लिग

आर्मी र थ्री स्टार आज भिड्दै

काठमाडौँ — सहिद स्मारक 'ए' डिभिजन लिग ०७८ मा आइतबार दुई खेल हुनेछन् । त्यसमध्ये दोस्रो खेल सबैभन्दा आकर्षक रहनेछ । त्यसमा आर्मी र थ्री स्टार भिड्ने छन् ।

आर्मी र थ्री स्टार आज भिड्दै

दशरथ रंगशालामा हुने यो दिनको दोस्रो खेल हुनेछ । आर्मी ५ खेलबाट ९ अंक जोडेर तेस्रो स्थानमा छ भने थ्री स्टार ५ खेलबाट नै ६ अंक जोडेर आठौं स्थानमा छ ।

त्यस अगाडि संकटा र ब्रिगेड ब्वाइजबीचको खेल हुनेछ । संकटा ५ खेलबाट ९ अंक जोडेर चौथो स्थानमा छ । ब्रिगेड ब्वाइज भने ५ खेलबाट ५ अंकमा १० औं स्थानमा छ ।

प्रकाशित : पुस ११, २०७८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?