सहिद स्मारक लिग ‘ए’ डिभिजन

मनाङलाई हराएर मछिन्द्र शीर्षमा

काठमाडौँ — सुनिल बलको उत्कृष्ट निर्णायक गोलको मद्दतले डिफेन्डिङ च्याम्पियन मछिन्द्रले मनाङ मर्स्याङ्दीलाई शनिबार १–० ले हराएको छ । यो जितपछि मछिन्द्र मनाङलाई उछिनेर शीर्ष स्थानमा पनि पुगेको छ । सुनिलले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरे ।

मनाङलाई हराएर मछिन्द्र शीर्षमा

मछिन्द्रको १४ अंक भएको छ भने दोस्रो स्थानमा झरेको मनाङ १३ अंकमै सीमति रह्यो । दशरथ रंगशालामा उपस्थित १० हजार दर्शक अगाडि प्राप्त यो जितपछि मछिन्द्रले एएफसी कप छनोटको सम्भावना पनि बढाएको छ ।

सातौं चरणको शीर्ष स्थानमा रहनेले एएफसी कप छनोट खेल्नेछ । खेल गोलरहित बराबरीतर्फ अग्रसर भएको बेला सुनिलले लामो दूरीबाट कडा प्रहार गर्दै गोल गरे ।

यसअघि शनिबारको पहिलो खेलमा हिमालयन शेर्पा च्यासललाई २–१ ले हराएको थियो । त्यसमा हिमालयका लागि मुताम्बा पिस्टोनले दुई गोल गरे भने एक गोल सुरेश कुमालको नाममा रह्यो । च्यासलका तर्फबाट रुमेश बर्तौलाले एक गोल गरे ।

हिमालयको यो लगातार दोस्रो जित हो । यो जितपछि हिमालयन ६ खेलबाट आठ अंकमा छैटौं स्थानमा छ । च्यासल भने ६ खेलबाट चार अंकमै सीमित रहेर पुछारबाट दोस्रो स्थानमा रह्यो । लगातार तेस्रो हारले च्यासलमाथि रेलिगेसन दबाब बढेको छ ।

प्रकाशित : पुस १०, २०७८ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?