१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

कुमारी बैंक र विद्युत् प्राधिकरण टिम विजयी

काठमाडौँ — कुमारी बैंकले मंगलबार सुरु भएको काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टनको समूह ‘ए’मा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वस्थित राखेप कभर्ड हलमा भएको खेलमा कुमारीले कान्तिपुर पब्लिकेशन्समाथि ३–० को जित निकालेको हो ।

कुमारी बैंक र विद्युत् प्राधिकरण टिम विजयी

टिम च्याम्पियनसिपमा वरीयताका पुरुष र महिला एकल, कर्पोरेट पुरुष युगल, महिला युगल र पुरुष युगल गरी वेस्ट अफ फाइभको खेल हुनेछ ।

पहिलो दिन पुरुष एकलतर्फ उच्च वरीयताका पुरुष एकलतर्फ कुमारी बैंकका सुदीप सेढाईंले कान्तिपुरका साजनकृष्ण ताम्राकारलाई २१–१८, २१–१९ ले पराजित गरे । महिलातर्फ सुनयना मुखियाले सम्झना शर्मामाथि २१–९, २१–११ को जित निकालिन् । कर्पोरेट डबल्सतर्फ विक्रम निरौला र नीरज राईको जोडीले सुशीलकुमार रावल र महेश स्वाँरलाई २१–१५, २७–२५ ले हराएपछि कुमारीले समग्रमा ३–० को नतिजा हात पार्‍यो ।

समूह ‘बी’ तर्फ नेपाल विद्युत प्राधिकरणले आईएमई ग्रुपलाई ३–२ ले हरायो । सुरुको दुई खेलमा हार बेहोरे पनि प्राधिकरणले खेलमा पुनरागमन गरेको हो । पुरुष एकलतर्फ आईएमईका नवीन श्रेष्ठले विद्युतका दीपक बोहरालाई २१–१४, २१–१६ ले र महिला एकलतर्फ नङसलदेवी तामाङले शोभा गौचनलाई २१–१२, २१–१५ ले हराएर खेलमा २–० ले अग्रता दिलाएका थिए । तर, तेस्रो खेलमा विद्युतका श्रीप्रसाद धिमाल र राजु महर्जनको जोडीले आईएमईका सरोज बस्नेत र ब्रिजेन श्रेष्ठको जोडीलाई २१–५, २१–१ ले ले हरायो । विद्युतकी शोभा गौचन र यामकुमारी गुरुङको जोडीले आईएमईका स्मारिका यरुशा श्रेष्ठ र नङसलको जोडीलाई २१–११, २१–१२ ले पराजित गर्दै खेल २–२ को बरावरीमा ल्याए । निर्णायक खेलमा प्राधिकरणका दीपक बोहरा र राजु महर्जनको जोडीले नवीन श्रेष्ठ र निशान्त ढकालको जोडीलाई २१–१८, २१–१८ ले हराएर जितलाई ३–२ ले आफ्नो पक्षमा पारेको हो ।


तस्बिरहरू : केशव थापा/कान्तिपुर

प्रकाशित : पुस ६, २०७८ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?