कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

भलिबल टोलीलाई एनआईसीको पोसाक

काठमाडौँ — बंगलादेश जाने नेपाली भलिबल टोलीलाई एनआईसी एसिया बैंकले आइतबार खेल पोसाक हस्तान्तरण गरेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले महिला टिमकी कप्तान अरुणा शाही, पुरुष टिमका कप्तान इम रानामगर र महिला टिमका मुख्य प्रशिक्षक जगदीश भट्टलाई खेल पोसाक हस्तान्तरण गरे ।

भलिबल टोलीलाई एनआईसीको पोसाक

न्यौपानेले नेपालको नेतृत्व गर्दै बंगलादेशमा एसियन सेन्ट्रल जोन खेल्न जाने पुरुष तथा महिलाका सदस्यलाई उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै नेपालको राष्ट्रिय खेलको विकास विस्तारका लागि सबै कर्पोरेट हाउसबाट योगदान दिन अनुरोध गरे ।

सो अवसरमा प्रशिक्षक भट्टले राष्ट्रिय खेल भलिबलको विकास र विस्तारमा बैंकले देखाएको चासोमा नेपाल भलिबल संघ र समग्र भलिबल खेलाडी आभार व्यक्त गदै आगामी दिनमा पनि एनआईसी एसिया बैंकको सहयोग र सद्भाव रहिरहने विश्वास व्यक्त गरे । बिदाइ तथा खेल पोसाक हस्तान्तरण कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत क्रिकेटर सन्तोषकुमार राठी, बैंकका सहायक महाप्रबन्धक एवं नेपाल भलिबल संघका उपाध्यक्ष रञ्जन खड्कालगायत उपस्थित थिए ।

बैंकले महिला तथा पुरुष टिमका खेलाडी, प्रशिक्षक र अफिसियललाई जुत्ता, स्पोर्टस ब्याग, निक्याप र मोजा उपलब्ध गराएको थियो ।

प्रकाशित : पुस ५, २०७८ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?