'ए' डिभिजन लिग

हिमालयन र बीबीसी भिड्दै

काठमाडौँ — सहिद स्मारक 'ए' डिभिजन लिग ०७८ मा आइतबार एक खेल हुनेछ । त्यसमा हिमालयन शेर्पा र बीबीसी भिड्दै छन् । खेल दशरथ रंगशालामा हुनेछ ।

हिमालयन चार खेलबाट दुई अंक मात्र जोडेर १३ औं स्थानमा छ । उसमाथि रेलिगेसनको दबाब सुरु भएको छ । जावलाखेलले अघिल्लो दिन प्राप्त गरेको जितपछि हिमालयन रेलिगेसन क्षेत्रमा झरेको हो ।

बीबीसीको भने चार खेलबाट पाँच अंक छ र आठौं स्थानमा छ । दुवै टिमलाई आफ्नो स्थिति सुधार्न जित आवश्यक रहेको छ । बराबरीको नतिजाले दुवैलाई फाइदा गर्ने छैन ।

प्रकाशित : पुस ४, २०७८ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?