कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

कर्णाली ६ रनमै अलआउट

चित्रांग थापा

धनगढी — फाप्ला क्रिकेट मैदानमा शनिबार सुरु प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा प्रदेश १ र लुम्बिनी प्रदेश टिमले विजयी सुरुआत गरेका छन् । प्रदेश १ ले कर्णाली प्रदेशलाई १ सय ६० रनले पराजित गरेको हो ।

कर्णाली ६ रनमै अलआउट

प्रदेश १ ले टस जितेर टस जितेर ब्याटिङ रोजेको थियो । कप्तान रुबिना क्षेत्रीको ७६ रन र अप्सरी बेगमको अर्धशतकमा प्रदेश १ ले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । प्रदेश १ ले २९ रन अतिरिक्त रन पायो । कर्णालीकी दिव्या धामीले २ विकेट लिइन् ।

१ सय ६७ रनको लक्ष्य पछ्याएको कर्णालीले ११.४ ओभरभित्र ६ रन जोड्दा सबै विकेट गुमाएको थियो । कर्णालीकी कप्तान आयुशा टण्डनको ३ रन ठूलो स्कोरमा दरियो । लक्ष्मी रिजाल र अंशु शाक्यले समान १ रन बनाए । ७ खेलाडी शून्यमा आउट भए । प्रदेश १ बाट अलिशा खडियाले एक्लैले ५ विकेट लिइन् । संगीता राईले २ र सवनम राईले १ विकेट लिए । ५ विकेट लिएकी अलिशा प्लेयर अफ द म्याच घोषित भइन् ।

दोस्रो खेलमा लुम्बिनीले वाग्मती प्रदेशलाई ७ विकेटले हराएको हो । टस जितेर ब्याटिङ गर्दै वाग्मतीले २० ओभरमा ७ विकेट गुमाई ७५ रन बनायो । हेलिशा गुरुङले २८ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । वाग्मतीले १५ रन अतिरिक्त रन पायो । लुम्बिनीबाट मधु डीसीले ३ विकेट र सुस्मिता भुषालले २ विकेट लिए । नेरी थापा र कप्तान सरस्वती जीएमले १–१ विकेट लिए ।

७६ रनको लक्ष्यलाई लुम्बिनी प्रदेशले १२.५ ओभरमा ३ विकेट गुमाई पूरा गरेको थियो । लुम्बिनीकी कप्तान सरस्वती जीएमले सर्वाधिक २९ रन बनाइन् । नीतु भण्डारीले १४ रनको योगदान गरिन् । वाग्मतीबाट अस्मिना कर्माचार्य, आरती बिडारी र खुशी दंगालले समान एक विकेट लिए । लुम्बिनीकी मधु डिसी प्लेयर अफ द म्याच भइन् । सात प्रदेश र एक विभागीय गरी ८ टिम सहभागी प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार जित्नेछन् ।

नेपाल क्रिकेट संघ मुख्य आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सहआयोजना भएको प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले गरेका थिए ।

प्रकाशित : पुस ४, २०७८ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?