कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मछिन्द्र र संकटा गोलरहित बराबरीमा

काठमाडौँ — सहिद स्मारक लिग ए डिभिजन ०७८ को शुक्रबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेको मछिन्द्र र संकटाले गोलरहित बराबरी खेलेका छन् ।

मछिन्द्र र संकटा गोलरहित बराबरीमा

यो बराबरीपछि दुवै टिमको अपराजित यात्रा भने कायम रह्यो । मछिन्द्रका लागि मनीष डाँगीले बललाई पोस्ट चुमाए पनि त्यसमा अफ साइड निर्णय दिइएको थियो ।


दुवैका लागि यो बराबरी अनुकूल नतिजा भने रहेन, विशेषत: मछिन्द्रका लागि । यो नतिजापछि मछिन्द्र ११ अंकमा शीर्ष स्थानमै कायम रह्यो । संकटा भने नौ अंकमा शीर्ष चारमा उक्लेको छ ।

प्रकाशित : पुस २, २०७८ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?