कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोट पञ्चकन्यामा चेयरमेन कप भलिबल सुरु

नुवाकोट — जिल्लाको पञ्चकन्या गाउँपालिकामा बुधबारदेखि अन्तरपालिकास्तरीय ‘तेस्रो चेयरमेन कप २०७८’ भलिबल प्रतियोगिता सुरु भएको छ ।

नुवाकोट पञ्चकन्यामा चेयरमेन कप भलिबल सुरु

गाउँपालिकाको आयोजनामा पुस ३ गतेसम्म सञ्चालन हुने प्रतियोगता अध्यक्ष तेजबहादुर तामाङले उद्घाटन गरे । उद्घाटन खेलमा पञ्चकन्या गाउँपालिकाको ‘ए’ टिमले दुप्चेश्वर गाउँपालिकालाई २५–१३, २०–२५, २५–२३ को जित निकाल्यो । यसलससँगै लिग चरणमा पञ्चकन्याले २ र दुप्चेश्वरले १ अंक जोडेको टिम व्यवस्थापक तथा खेलाडी व्यवस्थापन उपसमितिका संयोजक राजकुमार शाहीले जानकारी दिए ।

लिग चरणमा ९ वटा खेलहरू हुनेछन् । बिहीबार बिहान ८ बजे सुरु हुने पहिलो खेलमा पञ्चकन्या ‘बी’ र लिखु गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । लिग चरणका शीर्ष दुई टिमले उपाधिको लागि फाइनल खेल्नेछन् । विजेताले १ लाख, उपविजेताले ७५ हजार, तृतीय स्थान हासिल गर्ने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा पञ्चकन्या ‘ए’ र ‘बी’, लिखु, म्यागङ र दुप्चेश्वर गरी पाँच टिम सहभागी छन् । चेयरमेन कपको प्रथम संस्करण पञ्चकन्याले जितेको थियो भने दोस्रो संस्करणमा दुप्चेश्वर च्याम्पियन भएको थियो ।


प्रकाशित : मंसिर २९, २०७८ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?