२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

जावलाखेललाई पहिलो अंक, बीबीसीसँग बराबरी

काठमाडौँ — शहिद स्मारक लिग ए डिभिजन ०७८ को सोमबारको खेलमा जावलाखेलले ब्रिगेड ब्वाईज क्लब(बीबीसी)सँग गोलरहित बराबरी खेलेको छ ।  यससँगै लिगमा पहिलो अंक बटुलेको छ ।

जावलाखेललाई पहिलो अंक, बीबीसीसँग बराबरी

दशरथ रंगशालामा भएको खेलमा जावलाखेल बीबीसीविरुद्ध हाबी रहे पनि गोल भने निकाल्न सकेन र एक अंकमै चित्त बुझाउन बाध्य रह्यो । यो नतिजापछि जावलाखेलको चार खेलबाट एक अंक भएको छ । जावलाखेल अझै रेलिगेसन क्षेत्रमा छ ।

एक अंक प्राप्त भएपछि जावलाखेल १३ औं स्थानमा उक्लिएको छ । बीबीसी भने समान चार खेलबाट पाँच अंकसहित सातौं स्थानमा उक्लेको छ । यसअघि सोमबारको पहिलो खेलमा संकटाले पुलिसलाई १–० ले हराएको थियो ।

यी खेलसँगै लिगको चौथो चरणका खेल समाप्त भएका छन् ।

प्रकाशित : मंसिर २७, २०७८ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?