कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘खेल विकासमा नीतिगत सुधार खाँचो’

रामेछाप — राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलजगतलाई नयाँ अध्यायमा प्रवेश गराउने बताएका छन् । ‘ओलम्पिकमा सहभागिता र दक्षिण एसियाली खेदकुदमा दोस्रो स्थानका लागि मात्र प्रतिस्पर्धा गरेर अब हुँदैन,’ उनले भने, ‘अब नतिजामुखी खेलकु्दमा पहिलो हुनु आवश्यक छ ।’ 

‘खेल विकासमा नीतिगत सुधार खाँचो’

रामेछापको मन्थलीमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै सदस्यसचिवले समग्र खेलक्षेत्रको विकासमा नीतिगत सुधार खाँचो रहेको औल्याए । एकीकृत खेल सञ्चालनका लागि उपयुक्त हुने पूर्वाधारको विकास, खेलाडीलाई तालिम र प्रोत्साहन आजको आवश्यकता रहेको उनको तर्क थियो । सदस्यसचिव भएपछि पहिलोपल्ट गृहजिल्ला आएका घिसिङले यसअघि अधुरा रहेका कभर्डहललगायत पूर्वाधार निर्माणको काम पूरा गर्न स्थानीय तह र प्रदेश सरकारसँग सहकार्य गरिने बताए ।

प्रकाशित : मंसिर २३, २०७८ २२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?