कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

एपीएम टेबल टेनिस पुसमा

काठमाडौँ — नेपाल एपीएम टेबल टेनिस क्लबको आयोजनामा पहिलो एपीएम खुल्ला टेबल टेनिस प्रतियोगिता पुसको पहिलो साता हुने भएको छ । प्रतियोगिताबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रतियोगिता पुस १ देखि ३ सम्म ललितपुरको भैँसेपाटीमा हुनेछ ।

एपीएम टेबल टेनिस पुसमा

प्रतियोगिताको मुख्य प्रायोजक सांग्रिला बैंक र सहप्रायोजक पूर्णशंकर श्रेष्ठ रहेका छन् । यस्तै प्रतियोगिताको टेबल टेनिस पार्टनर सीओम रहेको छ । पत्रकार सम्मेलनका क्रममा आयोजक एपीएम टेबल टेनिसका निर्देशक दानबहादुर महता र र सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ सुयोग श्रेष्ठले प्रायोजनमा हस्ताक्षर पनि गरे ।

प्रतियोगिताको अनुमानित बजेट १० लाख रुपैयाँ रहेको छ । प्रतियोगितामा मेन्स सिग्ल्स र वुमेन्स सिंगल्सका विजेतालाई नगद पुरस्कार पनि प्रदान गरिनेछ । प्रतियोगितामा यी दुई स्पर्धासँगै मिक्स डबल्स, मेन्स भेट्रान्स ४०, ५० र ६० वर्षमाथि, ब्वाइज सिंगल्सर गर्ल्स सिंगल्स गरेर कुल विधामा प्रतिस्पर्धा हुनेछ ।

यी आठै स्पर्धाका विजेतालाई सीओमबाट पाँच लाख रुपैयाँबराबरको टेबल टेनिस सामग्री पनि प्रदान गरिनेछ । पुलिस, आर्मी, एपीएफ र स्थानीय गरेर प्रतियोगितामा ३ सय २० खेलाडीको सहभागिता रहनेछ । अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यका अनुसार अर्को वर्षदेखि प्रतियोगितालाई अन्तर्राष्ट्रिय रूपमा आयोजना गर्ने प्रयास हुनेछ ।

प्रकाशित : मंसिर २३, २०७८ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?