कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

प्रदेश रंगशाला शिलान्यास

सुर्खेत — कर्णाली प्रदेश राजभानी वीरेन्द्रनगरमा १० हजार दर्शक क्षमताको प्रदेश रंगशाला सोमबार शिलान्यास गरिएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले रंगशाला शिलान्यास गर्दै ३० महिनाभित्रै रंगशाला तयार हुने बताए । ‘कर्णाली सधै रोग र भोकले चिनिएको थियो,’ उनले भने, ‘अब खेलाडी उत्पादन गर्ने क्षेत्र भनेर चिनिनेछ ।’

२०८१ जेठ ११ मा निर्माण सक्ने गरी एमएसीजिएसएल जेभीले रंगशाला निर्माणको जिम्मा लिएको छ । रंगशालालाई प्रदेश सरकारको प्रतिष्ठाको योजनाको रुपमा लिइएको कर्णाली प्रदेश खेलकुद विकास समितिका उपाध्यक्ष प्रेम हमालले बताए ।

प्रकाशित : मंसिर २३, २०७८ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?