पहिलो दिनै इंग्ल्यान्ड अलआउट

एएफपी

ब्रिसबेन — एसेज शृंखलाअन्तर्गत पहिलो टेस्टको पहिलो दिन घरेलु टोली इंग्ल्यान्ड १ सय ४७ रनमा अलआउट भएको छ । प्याट कमिन्सले कप्तानका रूपमा सानदार सुरुआत गर्दै ५ विकेट लिए ।

इंग्लिस कप्तान जो रुटले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि अस्ट्रेलियाका तीन तीव्र गतिका बलर कमिन्स, मिचेल स्टार्क र जोस हेजलउडले गावामा इंग्ल्यान्डलाई ५०.१ ओभरमै समेटेका थिए ।

टिम पेनलाई प्रतिस्थापन गरी टेस्ट कप्तानको जिम्मेबारी लिएका कमिन्सले पहिलो खेलमै ५–३८ को सानदार प्रदर्शन गरे । स्टार्कको २–३५ र हेजलउडको २–४२ को प्रदर्शन थियो ।

इंग्ल्यान्डका सबै ब्याटर घाँसे पिटमा बाउन्स र गति अनुकूल हुन असफल रहे । इंग्ल्यान्डका ओपनर हसिब हमिद (२५), ओलि पोप (३५), जस बटलर (३९) र क्रिस वोक्स (२१) ले मात्र दोहोरो अंकमा रन छुन सके ।

प्रकाशित : मंसिर २३, २०७८ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?