एट्लेटिको अन्तिम १६ मा

एएफपी

पेरिस — स्पेनको एट्लेटिको म्याड्रिडले तनावपूर्ण खेलमा एफसी पोर्टोमाथि जित हासिल गरी च्याम्पियन्स लिग फुटबलको अन्तिम–१६ मा स्थान बनाएको छ । इंग्लिस टोली लिभरपुल र नेदरल्यान्ड्सको अयाक्सले समूह चरणमा शतप्रतिशत जित पाएका छन् ।

सन् २०१४ र ०१६ को फाइनलमा रियल म्याड्रिडसँग पराजित डिएगो सिमोनीको एट्लेटिकोका लागि नकआउट चरणमा पुग्न पोर्टोमाथि जित आवश्यक थियो ।

तीन रातो कार्ड देखाइएको खेल स्पेनिस च्याम्पियन एट्लेटिकोले ३–१ ले जितेको हो । पोर्टोलाई छनोट हुन कम्तीमा बराबरी चाहिन्थ्यो । एट्लेटिको समूह ‘बी’ मा दोस्रो स्थानमा रहेर छनोट भएको हो । लिग चरणका सबै ६ खेल जितेको लिभरपुलभन्दा ११ अंकले पछि रह्यो । लिभरपुलले एसी मिलानलाई उसकै मैदानमा २–१ गोलले हरायो ।

यता सान्टियागो बेर्नाबेउमा इन्टर मिलानमाथि २–० को जितसँगै रियल म्याड्रिडले समूह ‘डी’ को शीर्षस्थान सुरक्षित गर्‍यो । एम्स्टर्डमको बन्द रंगशालामा अयाक्सले पोर्चुगलको स्पोर्टिङ लिस्बनमाथि ४–२ को जित निकाल्यो । समूह ‘सी’ मा अयाक्सले शतप्रतिशत जित निकाल्यो । लिस्बन पनि समूह उपविजेता भएर अगाडि बढ्यो ।

अन्तिम १६ का लागि छनोट भइसकेको म्यानचेस्टर सिटीले आरबी लाइप्जिगसँग २–१ को हार बेहोरेको छ । यो समूहमा पेरिस सेन्ट जर्मेन (पीएसजी) भने क्लब ब्रुगलाई ४–१ ले हराएर समूह उपविजेता बन्न सफल रह्यो ।

प्रकाशित : मंसिर २३, २०७८ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?