कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो

काठमाडौँ — पाँच पल्टको युरोपेली च्याम्पियन बार्सिलोना बुधबार बायर्न म्युनिकसँग ३–० ले पराजित हुँदै च्याम्पिन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । पछिल्लो १७ वर्षयता बार्सिलोना नकआउट चरण पुग्न असफल रहेको यो पहिलो पल्ट हो ।

बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो

सन् २००३–२००४ यता बार्सिलोनाले लगातार १६ सिजन च्याम्पियन्स लिगको अन्तिम १६ मा खेलेको थियो । यस सिजन लियोनल मेसीलाई गुमाएको बार्सिलोनाका लागि यो हार थप आर्थिक संकटका रूपमा अगाडि आउने छ ।

बायर्नका लागि थोमस मुलर, लेरोय साने र जमल मुसालाले एक-एक गोल गरे । बायर्न भने समूह 'ई' को लिग चरणका सबै 6 खेलमा शतप्रतिशत जित निकाल्न सफल रह्यो । यस्तै समूहबाट बेनफिका दोस्रो चरण पुग्यो । उसले डायनामो किभलाई २–० ले हरायो ।

समूह 'एच' को शीर्ष स्थान ओगट्न युभेन्ट्सले माल्मोलाई १–० ले हरायो भने चेल्सीले जेनिथ सेन्ट पिटर्सबर्गसँग ३–३ को बराबरी खेल्यो । समूह ए'फ' मा म्यानचेस्टर युनाइटेडले योङ ब्वाइजसँग १–१ को बराबरी खेल्यो ।

प्रकाशित : मंसिर २३, २०७८ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?