कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

ए डिभिजन लिग : पुलिस र हिमालयनबीच बराबरी 

काठमाडौँ — सहिद स्मारक लिग ए डिभिजन २०७८ को बुधबार भएको पहिलो खेलमा पुलिस र हिमालयन शेर्पाले १–१ को बराबरी खेलेका छन् । यो नजितापछि पुलिसको ३ खेलबाट ५ अंक भएको छ । हिमालयन शेर्पाको ३ खेलबाट २ अंक भएको छ । 

ए डिभिजन लिग : पुलिस र हिमालयनबीच बराबरी 

दशरथ रंगशालामा भएको खेलमा हिमालयनले ५३ सेकेन्डमा पहिलो गोल गरेको थियो । उसका लागि विश्वास श्रेष्ठले गोल गरेका थिए । जारी लिगमा भएको यो सबैभन्दा कम समयमा भएको गोल हो ।

पुलिसका लागि ६० मिनेटमा सुमन लामाले गोल गर्दै बराबरीमा पुर्‍याए । बुधबारको अर्को खेलमा डिफेन्डिङ च्याम्पियन मछिन्द्रले जावलाखेल युथको सामना गर्नेछ ।

प्रकाशित : मंसिर २२, २०७८ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?