२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

लिभरपुलको शतप्रतिशत जित 

काठमाडौँ — लिभरपुल युरोपेली च्याम्पियन्स लिगको समूह चरणका सबै ६ खेल जित्ने पहिलो इंग्लिस क्लब भएको छ । यसका लागि उसले मंगलबार रातिको खेलमा एसी मिलानलाई २–१ ले हरायो ।

लिभरपुलको शतप्रतिशत जित 

समूह बी विजेता हुने निश्चित भइसकेको लिभरपुलले टिममा आठ परिवर्तन गरेर पनि मिलानलाई हराएको हो । त्यसमा मोहमद सलाह र डिभोक ओरिगीले गोल गरे । यस समूहबाट एटलेटिको म्याड्रिड पनि नकआउट चरण पुगेको छ ।

उसले एफसी पोर्टोलाई ३–१ ले हरायो । समूह ए मा म्यानचेस्टर सिटी आरबी लाइपजिगसँग २–१ ले पराजित रह्यो भने पीएसजीले क्लब ब्रुगमाथि ४–१ को जित निकाल्यो । समूह डी मा रियल म्याड्र्रिडले इन्टर मिलानलाई २–० ले पन्छायो ।

समूहको अर्को खेलमा साख्तर डोनेस्क र सेफिरले १–१ को बराबरी खेले । समूह डी बाट बोरुसिया टर्डमुन्डले बेसिकटासलाई ५–० ले हराएर पनि नकआउट चरण पुग्न सफल रहेन् । त्यसै समूहमा आयाक्सले स्पोर्टिङलाई ४–२ ले पराजित गर्न सफल रह्यो ।

प्रकाशित : मंसिर २२, २०७८ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?