१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एसियाडलाई छलफल

काठमाडौँ — नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदले सन् २०२२ मा चीनमा हुने १९ औं एसियाली खेलकुदमा सहभागिता र त्यसको तयारीका लागि सोमबार प्रारम्भिक छलफल गरेका छन् ।

एसियाडलाई छलफल

एसियाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिताको १९ औं संस्करण हाङझोउमा सेप्टेम्बर १० देखि २५ सम्म हुँदै छ ।

छलफलमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र परिषदका नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले सहभागिता जनाएका थिए । छलफलमा कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ र उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य पनि सहभागी थिए ।

त्यस अवसरमा एसियाडमा सहभागी हुने खेल र खेलाडीको संख्या पहिले निर्धारण गर्नेबारे छलफल भएको थियो । नेपाल सहभागी हुने खेल, त्यसको सम्भावना तथा उच्च प्रदर्शनको आवश्यकतालाई लिएर विस्तृतमा छलफल भएको थियो । नेपालको सहभागिता रहने अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरूबारे पनि छलफल भएको थियो । त्यसअगाडि कमिटीले परिषद्का नवनियुक्त सदस्यसचिव घिसिङको स्वागत तथा शुभकामना प्रदान गरेको थियो ।

सातदोबाटोस्थित ओलम्पिक मुख्यालयमा आयोजित कार्यक्रममा कमिटीका अध्यक्ष श्रेष्ठले सदस्यसचिवको कार्यकालको सफलताको कामना गर्दै नेपाली खेलकुदका दुई सर्वोच्च निकाय कमिटी र परिषदबीच सहकार्य गर्नुपर्नेमा जोड दिए । सदस्यसचिव घिसिङले आफ्नो नियुक्तिसँगै राष्ट्रिय टिमको तयारी सुरु गर्ने निर्णय भइसकेको बताए ।

प्रकाशित : मंसिर २१, २०७८ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?