२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कुमार र जयराम अगाडि

काठमाडौँ — कुमार कामी र जयराम श्रेष्ठ ६ अन्डर ६२ स्कोर गर्दै रोयल नेपाल गल्फ क्लबमा सोमबार सुरु सूर्य नेपाल काठमाडौं ओपनमा पहिलो दिन संयुक्त रूपमा शीर्षस्थानमा रहेका छन् ।

कुमार र जयराम अगाडि

पार ६८ को गल्फ कोर्समा भुवन कुमार रोका (५ अन्डर ६३), भुवन नगरकोटी (५ अन्डर ६३), रवि खड्का (४ अन्डर ६४), धनबहादुर थापा (१ अन्डर ६७) र सञ्जय लामा (१ अन्डर ६७) ले पनि राम्रो प्रदर्शन गरे । सूर्य नेपाल गल्फ टुर २०२१–२२ को पहिलो प्रतियोगिताको पहिलो दिन कृष्णमान राजवाहक, दिनेश प्रजापति, एमेच्योर सुवास तामाङ र रमेश अधिकारी इभन पार ६८ स्कोर गर्दै शीर्ष दसमा रहे ।

कुल ६ लाख ४० हजार रुपैयाँ पुरस्कारको प्रतियोगितामा कुमार र जयरामले सुरुका ९ होल र पछिल्ला ९ होलमा समान ३ अन्डर ३१ स्कोर गरे । बोगीरहित खेल्नेक्रममा कुमारले होल नम्बर १, ४, ५, १०, ११ र १२ औं होलमा बर्डी गरे । जयरामले पार ५ को पहिलो होल तीन स्ट्रोकमा टुंग्याउँदै इगल गरेका थिए । त्यसपछि तेस्रो र सातौं होलमा बर्डी गरेका उनले नवौं होलमा बोगी बेहोरे । उनले ११, १३ र १६ औं मा पनि एक–एक स्ट्रोक जोगाए ।


कुमार कामी

शीर्ष वरीयताका प्रो भुवन नगरकोटीसँगै तेस्रोमा रहेका भुवनकुमार रोकाले सुरुका ९ होल ३ अन्डर ३१ मा टुंग्याए पनि पछिल्ला ९ होलमा एक स्ट्रोक बढी (३२) खेलेका थिए । त्यसक्रममा उनले पहिलो, चौथो, पाँचौं, १०, १२ र १८ औं होलमा एक–एक स्ट्रोक बचाउँदै बर्डी गरे । उनी १४ औं होलमा एक स्ट्रोक बढी खेल्दै बोगीमा परेका थिए ।

नगरकोटीले पनि सुरुका ९ होलमा ३१ र पछिल्ला ९ होलमा ३२ स्ट्रोक खेले । त्यसक्रममा उनले पार ५ को चौथो होलमा दुई स्ट्रोक कम खेल्दै इगल गरे भने आठौं होलमा बर्डी खेले । बोगीरहित खेल्ने क्रममा उनले १३ र १८ औं होलमा पनि बर्डी बनाए । १३ औं दक्षिण एसियाली खेलकुद (साग) २०१९ मा व्यक्तिगत र टिम स्पर्धामा गरी दुई स्वर्ण पदक जितेका सुवास सुरुका ९ होल र पछिल्ला ९ होलमा समान ३४ स्ट्रोक खेल्दै एमेच्योरतर्फ शीर्षस्थानमा छन् । उनलाई निश्चयजंग रायमाझी (४ ओभर ७२) र सुरेश तामाङ (५ ओभर ७३) ले पछ्याइरहेका छन् । चार दिने प्रतियोगितामा ४० प्रो र १५ एमेच्योर सहभागी छन् । ३६ होलको खेलपछि शीर्ष २१ मा रहने प्रोसँगै उत्कृष्ट ६ एमेच्योर अन्तिम दुई चरणलाई छनोट हुनेछन् ।

प्रकाशित : मंसिर २१, २०७८ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?