न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्ट म्याच भारतले ३७२ रनले जित्यो

काठमाडौँ — न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्ट म्याच भारतले जितेको छ । मुम्बईस्थित वानखेडे रंगशालामा भएको दोस्रो टेस्ट खेलको चौथो दिन भारतले न्युजिल्यान्डलाई ३७२ रनले हराएको हो ।

न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्ट म्याच भारतले ३७२ रनले जित्यो

योसँगै भारतले २ टेस्ट म्याचको श्रृंखला १-० ले जितेको छ । यसअघि कानपुरमा भएको पहिलो टेस्ट म्याच ड्र भएको थियो ।

न्युजिल्यान्डले जितका लागि ५ सय ४० रनको लक्ष्य पाएकामा उसले सबै विकेट गुमाएर १६७ रन मात्र बनाएको हो । पाहुना टिमका लागि मुम्बईमा जन्मेका बलर अजाज पटेलले कीर्तिमान २ सय २५ रनमा १४ विकेट लिए ।

घरेलु टिमले आफ्नो दोस्रो इनिङ्स समाप्तिको घोषणा गरेसँगै अजाज भारतविरुद्ध कोही पनि विदेशी बलरको सबैभन्दा उत्कृष्ट प्रदर्शन आफ्नो नाममा लेखाउन सफल रहे । यसअघि यस्तै सबैभन्दा उत्कृष्ट प्रदर्शन इयान बोथमको नाममा रहेको छ । सन् १९८० मा उनले मुम्बईमै १ सय ६ रन खर्चेर १३ विकेट लिएका थिए । भारतका लागि रविचन्द्रन आश्विन र जयन्त यादवले ४/४ विकेट लिए । त्यस्तै अक्षर पटेलले एक विकेट लिए ।

पहिलो इनिङ्समा भारतले ३२५ रन बनाएको थियो भने न्युजिल्यान्ड ६२ रनमा समेटिएको थियो ।

प्रकाशित : मंसिर २०, २०७८ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?