कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

सूर्य नेपाल टुरको नयाँ सिजन सुरु

काठमाडौँ — कोरोना महामारीका कारण दुई वर्षदेखि स्थगित सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरु हुँदै छ । प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा हुने टुरको २०२१/२२ सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन सोमबारदेखि चार दिनसम्म चल्नेछ ।

सूर्य नेपाल टुरको नयाँ सिजन सुरु

प्रोफेसनल गल्फर एसोसिएसनका महासचिव दीपक आचार्यले आइतबार नयाँ सिजनमा ८ वटा प्रतियोगिताको समयतालिका सार्वजनिक गरे । टुरअन्तर्गत एयरपोर्टस्थित रोयल नेपाल गल्फ कोर्स र गोकर्ण गल्फ कोर्समा ३–३ प्रतियोगिता हुनेछन् । घरान गल्फ कोर्स र पोखराको हिमालयन गल्फ कोर्समा १–१ प्रतियोगिता हुनेछन् ।

५९ लाख ४६ हजार कुल पुरस्कार रकम रहने गल्फ टुरलाई सूर्य नेपाल प्रालिले १४ वर्षदेखि प्रायोजन गर्दै आएको छ । सिजनको अन्तिम प्रतियोगिता २०२२ को मे महिनामा हुनेछ । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप नाम दिइएको सो प्रतियोगितामा बंगलादेश, भारत र श्रीलंकाबाट समेत खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराइने आचार्यले जानकारी दिए ।

६ लाख ४० हजार पुरस्कार रकम रहेको काठमाडौं ओपनमा ३४ व्यावसायिक र १२ जना एमेच्योर खेलाडीको सहभागिता रहनेछ । चारदिने प्रतियोगिता ७२ होलमा खेलाइनेछ । सुरुआती दुई दिनको

प्रतिस्पर्धाबाट कट गरेर २१ व्यावसायिक र ६ जना एमेच्योर खेलाडीबीच अन्तिम प्रतिस्पर्धा गराइने आयोजकका महासचिव आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगिताको विजेताले १ लाख १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । दोस्रो हुनेले ७४ हजार र तेस्रो हुनेले ६० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता २१ औं स्थानसम्म हासिल गर्नेलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

‘नेपाली खेलाडीलाई दक्षिण एसियालीस्तरमा उत्कृष्ट बनाउने उद्देश्यले यो प्रतियोगिताको सुरुआत भएको हो,’ महासचिव आचार्यले पत्रकार सम्मेलनमा भने, ‘शुक्रबहादुर राईले यही वर्ष भारतमा व्यावसायिक खेल खेल्दैछन् । अरू खेलाडीहरू पनि उत्पादनको प्रक्रियामा छन् । ४/५ वर्षपछि नतिजा देख्न पाइनेछ ।’

प्रकाशित : मंसिर २०, २०७८ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?