कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सिटी पहिलो पल्ट शीर्षमा

एजेन्सी

लन्डन — इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शनिबार वाटफोर्डलाई २–१ ले हराएर यो सिजन पहिलो पल्ट शीर्ष स्थानमा उक्लेको छ । यस जितमा सिटीका लागि रहिम स्टर्लिङ र बर्नार्डो सिल्भाले गोल गरे ।

सिटी पहिलो पल्ट शीर्षमा

वाटफोर्डका लागि कुचो हर्नान्डेजले एक गोल फर्काए । यो नतिजापछि सिटीको ३५ अंक भएको छ । लिभरपुल दोस्रो स्थानमा छ र उसको ३४ अंक छ । लिभरपुलले अर्को खेलमा उल्भ्सलाई १–० ले हरायो ।

यसअघि शीर्ष स्थानमा रहेको चेल्सी वेस्ट ह्यामसँग ३–२ ले पराजित रह्यो र तेस्रो स्थानमा झर्‍यो । दिनका अन्य खेलमा न्युकासलले बर्नलीलाई १–० ले हरायो भने साउथह्याम्पटन र ब्राइटनले १–१ को बराबरी खेले ।

प्रकाशित : मंसिर १९, २०७८ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?