१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

एनआरटीले च्यासललाई बराबरीमा रोक्यो

काठमाडौँ — सब्टिच्युट दिपेश घलेले मैदान प्रवेश गरेलगतै गरेको गोलको मद्दतले एनआरटीले सहिद स्मारक लिग ए डिभिजन ०७८ मा च्यासल युथ क्लबलाई १–१ को बराबरीमा रोकेको छ ।

एनआरटीले च्यासललाई बराबरीमा रोक्यो

दशरथ रंगशालामा भएको खेलमा चार पल्टको विजेता एनआरटी एक गोलले पछाडि रहेको स्थितिबाट बराबरीको नतिजा निकाल्न सफल भएको हो । दिपेशले ७८ औं मिनेटमा गोल गरे ।

च्यासलले ४३ औं मिनेटमा रुपेश गर्तौलाको गोलले अग्रता लिएको थियो । भलिमा रुपेशले उत्कृष्ट गोल गरेका हुन् । खेलमा आक्रमक सुरुआत गरेको एनआरटीले पहिलो हाफमा गोल भने निकाल्न सकेको थिएन ।

एनआरटीको यो लगातार दोस्रो बराबरी हो । यससँगै एनआरटीको दुई अंक भएको छ । च्यासलको भने तीन खेलबाट चार अंक भएको छ । दुई टिमबीच माथिल्लो डिभिजनमा यो तेस्रो खेल मात्र हो र यो बराबरी पनि पहिलो हो ।

यसअघिका लिगका दुई संस्करणमा दुवै टिमलै एक/एक खेल जितेका थिए । आइतबार प्रतियोगिताको एक मात्र खेल हुनेछ र त्यसमा ब्रिगेड ब्वाइज तथा आर्मी भिड्ने छन् ।

प्रकाशित : मंसिर १८, २०७८ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?