कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता

सुदूरपश्चिम प्रदेशको सान

काठमाडौँ — हेमन्त धामीको सानदार बलिङमा सुदूरपश्चिम प्रदेशले वाग्मती प्रदेशलाई निर्णायक खेलमा ८ विकेटले पराजित गर्दै वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनल सुरक्षित गरेको छ । सुदूरपश्चिमले आइतबार हुने फाइनलमा लुम्बिनी प्रदेशको सामना गर्नेछ ।

सुदूरपश्चिम प्रदेशको सान

राउन्ड रोबिनको अन्तिम खेल दुवै टोलीका लागि फाइनल पुग्न उतिकै महत्त्वपूर्ण थियो । सुदूरपश्चिमलाई जितले मात्र पनि उपाधि भिडन्तमा पुर्‍याउँथ्यो भने वाग्मतीलाई फाइनल पुग्न ठूलो अन्तरको जित हात पार्नुपर्थ्यो । सुदूरपश्चिमले वाग्मतीलाई धेरैबेर टिक्न दिएन र ६ खेलमा चौथो विजय हात पार्दै राउन्ड रोबिन लिगमा दोस्रो हुँदै फाइनल पुगेको हो । वाग्मती २ खेलमात्र जित्न सकी सात प्रदेश सहभागी प्रतियोगितामा पाँचौं स्थानमा रह्यो ।

हेमन्तले ५ विकेट लिएपछि ब्याटिङ निम्तो पाएको वाग्मती त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ३०.१ ओभरमा ९५ रनमै अलआउट भयो । एकै स्पेलमा १० ओभर बलिङ गरेका हेमन्तले १० ओभरमा ४ मेडन राख्दै १९ रन खर्चेर वाग्मतीको झरेको सुरुकै ५ विकेट लिए । शेर मल्लले ५.१ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए । चौथो नम्बरमा ब्याटिङ गरेका विवेक रानामगर ७५ बलमा ४ चौकासहित ३२ रनमा अविजित रहे । क्रिस कार्कीले १७ रन बनाए ।

कप्तान खडक बोहरा ५ र वसन्त कार्की ११ रनमा आउट भए पनि सुदूरपश्चिमले २३.१ ओभरमै लक्ष्य पूरा गर्‍यो । ओपनर नरेन भट्ट ५८ बलमा ६ चौका प्रहार गरी ३७ र राहुल भण्डारी ३९ बलमा ५ चौका प्रहार गरी ३१ रनमा अविजित रहे । वाग्मतीका कप्तान प्रतिश जिसी र गौतम केसीले १–१ विकेट लिए ।

प्रकाशित : मंसिर १८, २०७८ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?