कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

प्रकाशको मिश्रित नतिजा

काठमाडौँ — नेपाली ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीले एसियाली युथ पारा गेम्सको ब्याडमिन्टनमा मिश्रित प्रदर्शन गरेका छन् । बहराइनको मानामामा जारी प्रतियोगिताको चार राष्ट्रका खेलाडीसम्मिलित समूह ‘सी’ को खेलमा प्रकाशले समान १–१ जित र हार सामना गरे ।

प्रकाशको मिश्रित नतिजा

एसएल–४ क्याटगोरीअन्तर्गत पुरुष सिंगलमा इन्डोनेसियाका मोहम्मद फर्जी इब्राहिमसँग २१–१५, २१–९ को सोझो सेटमा पराजित प्रकाशले अर्को खेलमा भारतका नेहाल गुप्तालाई २१–१३, २१–१८ को सेटमा हराए ।

प्रकाशले लिगको अन्तिम खेलमा यूएईका हुमेद फाउजी अल्सेनानीविरुद्ध खेल्ने पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् । गेम्समा तेक्वान्दोका तीन खेलाडी प्रतिस्पर्धी छन् । ब्याडमिन्टनमा नेपालबाट प्रकाश एक्लो सहभागी हुन् । उद्घाटनको मार्चपासमा पारा ओलम्पियन तेक्वान्दोकी पलेशा गोबर्द्धन (तस्बिरमा) ले नेपालको झन्डा बोकेकी थिइन् । गेम्म डिसेम्बर ६ सम्म चल्नेछ ।

प्रकाशित : मंसिर १८, २०७८ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?