कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सेमिफाइनल समीकरण

सिन्धुपाल्चोक — बाह्रबिसे कप खुला राष्ट्रव्यापी ब्याडमिन्टनको पुरुष एकलतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ ।

सेमिफाइनल समीकरण

आर्मीका रत्नजित तामाङ, नवीन श्रेष्ठ र प्रफुल महर्जन तथा एपीएफका दीपेश धामी सेमिफाइनलमा पुगेका छन् । शुक्रबार रत्नजितले नेपाल पुलिसका दीपक बोहरालाई २१–६, २१–१० ले हराएर सेमिफाइनलमा प्रफुलसँगको भेट पक्का गरेका छन् । प्रफुलले एपीएफका साजनकृष्ण ताम्राकारलाई २१–१७, २१–१४ को सेटमा हराए ।

अर्को खेलमा नवीन श्रेष्ठले आफ्नै टिमका रुकेश महर्जनलाई २१–१२, २१–१५ ले हराए । नवीनले दीपेश धामीसँग प्रतिस्पर्धा गर्नेछन् । दीपेश भने पुलिसका विष्णु कटुवाललाई २१–१०, २१–१४ ले हराएर सेमिफाइनल पुगेका हुन् ।

महिला एकलतर्फ आर्मीकी अमिता गिरीले आफ्नै टिमकी रोज पाण्डेलाई २१–१४, २१–१० ले हराएर सेमिफाइनल तय गरिन् । अब अमिताले फाइनल पुग्नका लागि पुलिसकी नीता लम्सालविरुद्ध खेल्नेछन् । नीताले एपीएफकी शोभा गौचनलाई २१–७, २१–१२ ले हराइन् । अर्को खेलमा आर्मीकी रसिला महर्जनले एपीएफकी सुनैना मुखियालाई २१–९, २१–१० ले पराजित गर्दै सेमिफाइनलमा आर्मीकै अनुमाया राईसँगको भेट पक्का गरिन् । अनुमायाले आर्मीकै प्रेक्षा राईलाई २१–११, २१–१३ ले हराइन् ।

पुरुष युगलतर्फ आर्मीका सुरोज महर्जन र पविन लिनथेपको जोडीले बालकुमारी रिमिक्सका दिप्रिसमुनि वज्राचार्य र सुमन शाक्यको जोडीलाई २१–१३, २२–२० ले तथा बुटवलका सुशील गिरी र विवेक न्यौपानेको जोडीले साइनो स्पोर्ट्स हलका अभिषेक बोस र सुजन थापाको जोडीलाई २८–२६, २१–१६ ले पराजित गर्दै सेमिफाइनल पक्का गरे । कास्कीका विधान अधिकारी र विशाल खड्काको जोडीले एपीएफका एसिया जबेगु र नवीन सिलवालको जोडीलाई २२–२०, १२–२१, २१–१६ को सेटमा पराजित गर्दै सेमिफाइनलमा बालकुमारी रिमिक्सका शशिन डंगोल र सुमित महर्जनको जोडीसँगको भेट पक्का गरेको छ । शशिनको जोडीले बाह्रबिसेका अभिषेक गुरुङ र त्रिपुरासुन्दरीका आशिष तामाङको जोडीलाई २१–१८, १३–२१, २१–१४ ले हराएको थियो । ५ लाख ५० हजार पुरस्कार राशिको प्रतियोगितामा एकल विजेता पुरुषले १ लाख २५ हजार र महिलाले ५० हजार प्राप्त गर्नेछन् ।

प्रकाशित : मंसिर १८, २०७८ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?