२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

मनाङ र संकटासामु शीर्षमा जाने मौका

सहिद स्मारक 'ए' डिभिजन लिग

काठमाडौँ — सहिद स्मारक 'ए' डिभिजन लिग २०७८ को शनिबार हुने पहिलो खेलमा आठ पल्टको च्याम्पियन मनाङ मर्स्याङ्दीले संकटाको सामना गर्नेछ । त्यसमा जित निकाल्दै दुवै टिमसामु अंक तालिकाको शीर्ष स्थानमा उक्लने अवसर हुनेछ । मनाङको दुई खेलबाट छ अंक छ । मनाङ अहिलेसम्म शतप्रतिशत नतिजा निकाल्ने एक्लो टिम रहेको छ ।

मनाङ र संकटासामु शीर्षमा जाने मौका

मनाङले जावलाखेल र हिमालयन शेर्पालाई हराएको हो । तीन पल्टको विजेता संकटाको भने चार अंक छ । उसले पनि आफ्नो अपराजित यात्रा कायम राखेको छ । संकटाले आफ्नो पहिलो खेलमा हिमालयन शेर्पासँग बराबरी खेलेपछि फ्रेन्ड्सलाई रोमाञ्चक प्रतिस्पर्धामा २–१ ले पराजित गरेको थियो ।

शनिबारकै अर्को खेलमा च्यासल र एनआरटी भिड्ने छन् । च्यासलको तीन अंक छ । उसले आफ्नो पछिल्लो खेलमा एपीएफलाई हराएको थियो । त्यस अगाडि च्यासल थ्री स्टारसँग पराजित रहेको थियो । एनआरटीको भने दुई खेलबाट एक अंक मात्र छ । उसले कमजोर सुरुआत लिएको छ । आफ्नो पहिलो खेलमा मछिन्द्रसँग पराजित एनआरटीले बीबीसीसँग बराबरी खेलेको थियो ।

प्रकाशित : मंसिर १८, २०७८ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?