कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

ए डिभिजन लिग : थ्री स्टार र फ्रेन्ड्सबीच बराबरी

काठमाडौँ — सहिद स्मारक लिग ए डिभिजन २०७८ मा शुक्रबार थ्री स्टार र फ्रेन्ड्सले १–१ को बराबरी खेलेका छन् । दशरथ रंगशालामा भएको खेलमा थ्री स्टार एक गोलले पछाडि रहेको स्थितिबाट बराबरीको नतिजा निकाल्न सफल रहेको हो ।

ए डिभिजन लिग : थ्री स्टार र फ्रेन्ड्सबीच बराबरी

फ्रेन्ड्सले ५१ औं मिनेटमा नथानिल जुडे गार्सियाको गोलले अग्रता लिएको थियो । खेल सकिन सात मिनेट अगाडि मिक्चेन तामाङले बराबरी गोल फर्काए । एक गोलले पछाडि रहेको स्थितिमा थ्री स्टारले फ्रेन्ड्समाथि दबाब सिर्जना गरेको थियो ।

यो खेलपछि थ्री स्टारको तीन खेलबाट चार अंक भएको छ । फ्रेन्ड्स भने अहिलेसम्म जितविहीन रहेको छ । दुई बराबरीपछि उसको दुई अंक भएको छ । ललितपुरका दुई क्लबबीच ०४६ यता भएका खेलमा यो तेस्रो बराबरीमा मात्र हो ।

प्रकाशित : मंसिर १७, २०७८ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?