महिला हक्की हेटौंडामा

काठमाडौँ — नेपाल हक्की संघ र जिल्ला हक्की संघ मकवानपुरको आयोजनामा चौथो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता हुने भएको छ ।
पुस १३ देखि १७ सम्म हुने प्रतियोगितामा ६ प्रदेशका टोलीसहित एक विभागीय टिम त्रिभुवन आर्मीले भाग लिनेछन् ।

सहाना प्रधानको स्मृति दिवसको अवसरमा तीन वर्षयता महिला राष्ट्रिय प्रतियोगिता हुँदै आएको छ । पहिलो र तेस्रो संस्करणमा आर्मी तथा दोस्रोमा लुम्बिनी प्रदेश विजेता बनेका थिए । पहिलो संस्करण पनि मकवानपुरमै भएको थियो ।

जिल्ला हक्की संघ मकवानपुरका अध्यक्ष प्रताप सिंहले शनिबार संघको बैठकपश्चात प्रतियोगिताको तयारी सुरु गर्ने बताए ।

प्रकाशित : मंसिर १७, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?