कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ए डिभिजन लिग : आजदेखि तेस्रो चरणका खेल सुरु हुँदै

काठमाडौँ — सहिद स्मारक लिग ए डिभिजन २०७८ को तेस्रो चरणका खेल शुक्रबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । त्यसको पहिलो दिन फ्रेन्ड्स र थ्री स्टार तथा सातदोबाटो र एपीएफ भिड्ने छन् ।

ए डिभिजन लिग : आजदेखि तेस्रो चरणका खेल सुरु हुँदै

दिउँसो १ बजे हुने खेल ललितपुर डर्बी रहेको छ । त्यसमा थ्री स्टार फेरि लयमा फर्कने प्रयासमा हुनेछ । च्यासलविरुद्धको पहिलो खेल जितेर उत्साहित तीन पल्टको लिग च्याम्पियन थ्री स्टार आफ्नो दोस्रो खेलमा भने सातदोबाटोसँग पराजित रहेको थियो ।

यस्तोमा थ्री स्टारको तीन अंक छ । फ्रेन्ड्स भने एकै अंकमा सीमित छ । सातदोबाटोविरुद्धको आफ्नो पहिलो खेल गोलरहित बराबरी खेलेको फ्रेन्ड्स संकटाविरुद्धको दोस्रो खेलमा भने पराजित रहेको थियो ।

सातदोबाटो र एपीएफबीचको खेल भने साँझ ४.४५ मा सुरु हुनेछ । थ्री स्टारलाई पछिल्लो खेलमा हराएयता सातदोबाटो उत्साहित छ । उसको चार अंक छ ।एपीएफ भने रेलिगेसन क्षेत्रमा रहेको छ र अंकविहीन छ । एपीएफ सुरुआती दुवै खेलमा पराजित रहेको थियो । उसले बीबीसी र च्यासलविरुद्धको खेल गुमाएको थियो । खेल इकान्तिपुरमा पनि हेर्न सकिनेछ ।

प्रकाशित : मंसिर १७, २०७८ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?