शुक्रबारदेखि रुपन्देहीमा जिल्ला लिग

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देही फुटबल संघको आयोजनामा शुक्रबारदेखि जिल्ला लिग सञ्चालन हुने भएको छ । २३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १५ वटा क्लबले सहभागिता जनाउने संघले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

शुक्रबारदेखि रुपन्देहीमा जिल्ला लिग

बुटवलको देविनगरस्थित एन्फा ऐकेडेमीमा हुने प्रतियोगिता अन्तर्गत दिउँसो २ बजे हुने उद्घाटन खेलमा झरना स्पोर्टस् क्लब र सुनौलो संगम युवा क्लबबीच प्रतिस्पर्धा हुने खेल संयोजक मुकेश कुँवरले बताए । कुँवरले लिग आधारमा हुने प्रतियोगिता अन्तर्गत प्रत्येक टिमको ९ वटा गरी कूल ४५ वटा लिग चरणको खेल हुने बताए ।

प्रतियोगिताको विजेता टिमले नगद १ लाख रूपैयाँसहित पुरस्कार प्राप्त गर्ने छ भने उपविजेता टिमले ५० हजार प्राप्त गर्ने छ । प्रतियोगितामा तृतीय हुने क्लबले ३० हजार तथा सान्त्वनाले २० हजार नगद प्राप्त गर्ने लुम्बिनी प्रदेश फुटबल संघका महासचिव लोक पुनले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा विधागत तर्फका ५ जनालाई नगद ५ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित : मंसिर १६, २०७८ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?