कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

युभेन्ट्सको कठिन जित

एएफपी

मिलान — युभेन्ट्सले इटलियन सिरी ‘ए’ मा पुछारको टोली सालर्लिटानासँगको प्रतिस्पर्धात्मक खेलमा २–० को जित हासिल गरेको छ । मारियो पासालिकले ह्याट्रिक पूरा गरेपछि भेनेजियालाई ४–० ले हराएर एटलान्टाले शीर्ष टोलीमाथिको दबाब कायम राखेको छ ।

युभेन्ट्सको कठिन जित

घरेलु लिगमा एक दशकयताकै कठिन अवस्थामा रहेको युभेन्ट्सलाई स्टाडियो अरेचीमा महत्त्वपूर्ण तीन अंक दिलाउन पाउलो डिबाला र अल्भारो मोराटाले १–१ गोल गरे । युभेन्ट्स सातौं स्थानमा पुगेको छ । तर, टोली चौथो स्थान (च्याम्पियन्स लिगको न्युनतम छनोट) को एटलान्टाभन्दा अझै ७ अंकले पछाडि छ ।

‘हामी पहिले भन्दा धेरै जिम्मेबार बन्न आवश्यक छ । धेरै गर्नुपर्ने केही छैन, सामान्य कुराहरू चतुरताका साथ गर्नुपर्नेछ, जस्तो कि यो खेलमा हामीले गर्‍यौं,’ इटाली र युभेन्ट्सका भेट्रान डिफेन्डर तथा कप्तान जर्जियो चिलिनीले डीएजेडएनसँगको कुराकानीमा भनेका छन् ।

खेलमा चिलिनीको एउटा गोल भिडियो असिस्टेन्ट रेफ्री (भार) ले रद्द गरिदिएको थियो भने डिबालाले इन्ज्युरी समयमा पेनाल्टीमा गोल गर्न नसक्दा जित अझै प्रभावशाली बनाउने अवसर खेर फालेको थियो । गत साता चेल्सी र एटलान्टासँगको लज्जास्पद हारपछि युभेन्ट्सले राहतको सास फेरेको छ ।

पासालिकको ह्याट्रिक सहयोगमा एटलान्टाले पछिल्लो लय कायम राख्दा शीर्षस्थानको नेपोलीसँगको दूरी ४ अंकमा झारेको छ । पछिल्लो सप्ताहन्तमा युभेन्ट्समाथि सानदार जित रचेको एटलान्टाको सिरी ए मा लगातार चौथो जित हो । पासालिकका अलावा ट्युन कोपमाइनर्सले एक गोल गरे । एटलान्टा ३१ अंक लिएर चौथो स्थानमा छ । जितसँगै एटलान्टाका अध्यक्ष लुका पर्कास्सीले प्रशिक्षक जियान पिएरो गास्पेरिनीको सम्झौता सन् २०२४ सम्म नवीकरण गर्ने घोषणा गरेका छन् ।

प्रकाशित : मंसिर १६, २०७८ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?